- प्रहरीले सामाजिक सञ्जालमा मठ मन्दिरमा आगो लगाइदिने भन्दै धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ ।
काठमाण्डौ, १५ जेठ । प्रहरीले सामाजिक सञ्जालमा मठ मन्दिरमा आगो लगाइदिने भन्दै धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले रुकुम पश्चिम,आठबिसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २७ वर्षीय जनक परियारलाई पक्राउ गरेको जनाएको हो ।
परियारले विभिन्न सामाजिक सञ्जालमा देखिएका भिडियोमा 'मठ मन्दिरमा आगो लाइदिनेछौं' भन्दै कमेन्ट गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
परियारको अभिव्यक्तिपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’