जनकपुरधाममा मिथिला पहिरन दिवस, मैथिली पोसाकलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग

२०८२ पुष १७ विहीवार
सारांश
  • हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्णा सनातनीले मिथिलाको पहिचान मैथिली पोसाकलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

जनकपुर: जनकपुरधाममा विहीबार मिथिला पहिरन दिवस मनाइएको छ । राष्ट्रिय पोसाक दिवसको उपलक्ष्यमा हिन्दु सम्राट सेना नेपालले आजको दिन मिथिला पहिरन दिवसको रुपमा मनाउने गरेको छ ।

 

रामायणकालिन इतिहास बोकेको मिथिला क्षेत्रको राजधानी जनकपुरधामको मौलिकता बचाई राख्ने उद्देश्यले परम्परागत मैथिली पहिरन (धोती, कुर्ता, गम्छा, पाग) लगाएर समाजलाई मिथिलाको पहिचान स्मरण गराउन खोजेको हिन्दू सम्राट सेनाका केन्द्रिय सदस्य ज्ञ्यानेन्द्र सनातनीले जानकारी दिए ।

 

मिथिलावासीले अहिले आफ्नो संस्कृति र पहिचान विर्सिसकेकाले उनीहरुलाई आफ्नो परम्परा र पहिचानको ध्यान गराउन आवश्यक रहेको उनले बताए ।

अहिलेका मिथिलावासीले हनुमान चालिसा र गायत्री मन्त्रसमेत बिर्सिसको उनले गुनासो गरे । उनले सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्नेहरुले आफ्नो धर्म, संस्कृति र पहिचान पहिला के हो भनेर बुझ्न आवश्यक रहेको बताए ।

 

त्यस्तै हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्णा सनातनीले मिथिलाको पहिचान मैथिली पोसाकलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए ।

 

उनले वैदिक सनातन धर्ममा धोती कुर्ता र पागको उल्लेख रहेकोले यसलाई नबिर्सन सबैलाई आग्रह गरे । उनले जन्मदेखि मरनसम्म हरेक शुभ कार्यमा पूजा पाठ गर्दा पनि धोती र कुर्तानै लगाइने हुँदा आधुनिकरणको नाममा संस्कृति बताउन सबैले एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

 

उनले अभिभावकहरुलाई आफ्नो बच्चालाई संस्कृति सिकाउन र बचाउन आग्रह गरे ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !

अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।

थप समाचार