भारतद्धारा दीपावली पर्वलाई युनेस्कोमा सूचिकृत, नेपाल बेखबर
२०८२ मङ्सिर २४ बुधवार
- यी सबै सम्पदाहरू नेपालका लागि पनि उतिकै महत्वपूर्ण छन् र नेपाल तथा भारतको साझा धरोहरहरु हुन् ।
भारतमा अहिले भाजपाको शासन रहेको छ । राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) को सैद्धान्तिक आधारमा चल्ने यो राजनीतिक दलले सन् २०१४ पछि एक प्रकारको हिन्दूत्व वा भनौं, सनातन परम्पराको पुनर्जागरण सुरु गरेको देखिन्छ । तर यो धार्मिक विषय भएकाले पनि संवेदनशील तथा भावनात्मक छ । भारतमा यसको पक्ष–विपक्षमा समाज विभाजित देखिन्छ । सेकुलर समूहहरूले भाजपाको आलोचना गर्छन् भने हिन्दुत्व वा सनातनी आस्थामा विश्वास गर्ने ठूलो जनसमूह यसका पक्षमा छन् ।
ब्रिटिशकालीन नाम परिवर्तनको अभियान
भाजपाले सांस्कृतिक पुनर्जागरण अभियान अन्तर्गत विभिन्न सरकारी निकाय तथा स्थानका नामहरू परिवर्तन गर्दै संस्कृतिकरण तर्फ उन्मुख नामहरू अपनाइरहेको छ । उदाहरणका रूपमा, प्रधानमन्त्री कार्यालयलाई सेवा तीर्थ, दिल्ली गेटदेखि राष्ट्रपति भवनसम्मको मार्गलाई राजपथ बाट कर्तव्यपथ, इलाहाबादलाई प्रयागराज, उत्तर प्रदेशको मुगलसराय जंक्शनलाई पण्डित दीनदयाल उपाध्याय जंक्शन, नेहरू स्मारक संग्रहालय तथा पुस्तकालयलाई प्रधानमन्त्री संग्रहालय तथा पुस्तकालय, प्रधानमन्त्री निवासको ठेगाना सात रेस कोर्स रोडलाई सात लोककल्याण मार्ग राखिएको छ । त्यस्तै, सन् २०२३ को जी–२० सम्मेलनमा निमन्त्रण पत्रमा 'ईन्डिया' को साटो 'भारत' लेखिएको थियो । जसले भाजपा ब्रिटिश साम्राज्यकालीन “India“ नाम हटाएर “Bharat“ प्रयोग गर्न चाहेको संकेत गर्छ । भाजपाले आधिकारिक रुपमा देशको नाम भने परिवर्तन गरेको छैन । तर भाजपाको यो पनि एउटा मुल उद्देश्यको रुपमा रहेको देखिन्छ ।
सांस्कृतिक सम्पदा तथा पर्वको सूचीकरण
पौण्डिचेरीको शैव हस्तलिखित ग्रन्थ (२००५, युनेस्को मेमोरी अफ द वल्र्ड), ऋग्वेद (२००७, युनेस्को मेमोरी अफ द वल्र्ड), नाट्यशास्त्र र भगवद् गीता (२०२५ अप्रिल, युनेस्को रजिष्टर), तथा दीपावली (डिसेम्बर २०२५, युनेस्को इन्टेन्जिबल कल्चरल हेरिटेज अफ ह्युम्यानेटी) सबैलाई युनेस्कोले भारतका सांस्कृतिक सम्पदाका रूपमा सूचीबद्ध गरिसकेको छ । तर यी सबै सम्पदाहरू नेपालका लागि पनि उतिकै महत्वपूर्ण छन् र नेपाल तथा भारतको साझा धरोहरहरु हुन् । शैव दर्शनका प्रमुख केन्द्रहरूमध्ये नेपाल पनि एक हो । दक्षिण भारतीयहरूले पशुपतिनाथलाई अत्यधिक श्रद्धा गर्छन् । ऋग्वेद त सनातन हिन्दू सभ्यताको आधारस्तम्भ नै हो । नाट्यशास्त्रलाई नेपालमा कला–नाटक परम्परामा उपयोगी ग्रन्थका रूपमा पूजिन्छ । भगवद् गीता त नेपाल–भारत दुवैको पुरानो धार्मिक तथा दार्शनिक ग्रन्थ हो । साथै इस्कोनमार्फत यसको विश्वव्यापीकरण पनि भइसकेको छ । दीपावली त नेपाल, भारत तथा सम्पूर्ण दक्षिण एसियाली हिन्दू समुदायले जहाँ भए पनि मनाउने प्रमुख पर्व हो । अमेरिकाको ह्वाइट हाउसमा समेत अमेरिकी राष्ट्रपतिको नेतृत्वमा यसलाई मनाइन थालिएको छ ।
नेपालले यी सम्पदाहरूको संयुक्त सूचीकरणमा भाग नलिएर एक महत्वपूर्ण अवसर गुमाएको छ । यो कारणले गर्दा यी ग्रन्थहरु तथा पर्वलाई नेपाल–भारतको साझा सांस्कृतिक सम्पदा भनेर अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने सम्भावना कमजोर बनाएको छ । औपचारिक रूपमा यस्ता ग्रन्थहरु र परम्पराको दस्तावेजीकरण दीर्घकालीन रूपमा कुनै देशको सांस्कृतिक पहिचानको प्रमाणको रूपमा सहयोग गर्छन् ।
यस अवसरलाई उपयोग गर्न नसक्दा नेपालको विश्व स्तरमा आफ्नो सांस्कृतिक मान्यता र वैधता बलियो बनाउने मौका खुम्चिएको देखिन्छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पुर्वगृहमन्त्री लेखक पाँच महिनापछि पुगे जलेको पुर्खौली घर
-
कांग्रेस नेता ढकालद्वारा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको एजेन्डा निर्वाचन घोषणापत्रमा समेट्न लिखित प्रस्ताव
-
मकवानपुर–१ मा अनुभवी र नयाँ अनुहारबीच रोचक चुनावी भिडन्त
-
ललितपुरमा एमाले र माओवादीका पूर्ववडा अध्यक्ष कांग्रेसमा प्रवेश
-
काँग्रेसमै फर्किंइन् रास्वपा जुम्ला उपसभापति तारा शाही
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।