- नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइदै छ ।
काठमाडौँ, १४ असोज । नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइदै छ ।
मङ्गलवार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइने भएको छ । साथै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने कार्यक्रम रहेको छ ।
परम्परागत विधि अनुसार अब आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा चयन गरिएको थियो । उनी आज हुने विशेष समारोहपछि उनी कुमारी घरमा विराजमान हुनेछन् र परम्परा अनुसार पूजा–आराधना गरिनेछ ।
शाक्य महाविहार संघले शहरका १५ बहालहरुमा पत्र पठायो, नामहरू संकलन भए, परिवारहरूको आशा बढ्दै गयो । अन्तिममा मापदण्ड पास गर्ने केवल तीन नानी बाँकी रहेका थिए । अनि गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र परम्परागत विधि अनुसार, आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा घोषणा गरिएको थियो ।
आर्यतारा शाक्य अनन्त शाक्य र प्रतिष्ठा शाक्यकी छोरी हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’