गण्डकी कोटिहोममा पुनः जेठ १० गतेखि देवी प्रतिभाले कथा वाचन गर्ने
२०८२ जेठ ५ सोमबार
- अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउने भएकी छन् ।
अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ ।
देवी प्रतिभा पोखरा रहँदा छुटेका भक्तजनलाई पुनः एक पटक उनको कथा श्रवण गर्ने मौका मिलेको छ । पुनः पोखरा ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुनेछ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको पहलमा देवी प्रतिभा पुनः पोखरा आउने भएकी हुन् ।
देवी प्रतिभाले भागवत पुराण भन्छिन्, रामचरित मानस सुनाउँछिन् । अनि त्यसको मिठास तरिकाले उल्था गर्छिन जसले गर्दा देवी प्रतिभाको कथा वाचन गर्नै शैलीले पनि सर्वत्र चासो बढिसकेको छ ।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका गरेको यो सत कार्यलाई उनी खुलेरै प्रशंसा गरेकी छन् जसले गर्दा उनलाई पुनः पोखरा जोडिन मन लाग्यो ।
‘महाराज तपाईँले गरेको सङ्कल्पलाई म हर हमेसा साथ दिनेछु भनेर पटक पटक देवी प्रतिभाले मलाई हौसला थप्नुभएको थियो’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज भने ‘एक वचनमा उहाँको पुन आगमले कोटिहोम पवित्र बन्ने छ । यो सद्भाव मायाले नै कोटिहोम सफल भएको छ उहाँ प्रति हामी आभारी छौ ।’ काभ्रेको मन्डनदेउपुर ज्वानेटारमा जन्मेकी देवी प्रतिभा (प्रतिभा पराजुली) यति बेला अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्रमा छिन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।