आजबाट सुरु भयो सेतो मच्छिन्द्रनाथ रथयात्रा

२०८१ चैत्र २३ शनिवार
सारांश
  • यस वर्ष पनि आजबाट काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको छ । यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ ।

काठमाडौं: सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको मुर्तिको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सुरु हुन्छ । 


यस वर्ष पनि आजबाट काठमाडौँ उपत्यकामा वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु गरिएको छ । यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ । 


काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । 


अन्तिम दिन असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि मच्छेन्द्रबहालमा ल्याएर रथयात्रा सम्पन्न हुन्छ ।


शनिबार पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पु¥याइएको छ । आइतवार अर्थात् दोस्रो दिन असनबाट हनुमान ढोका अगाडिसम्म र तेस्रो दिन सेतो मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट  पुनः रथयात्रा लगनटोलस्थित मच्छेन्द्रबहालमा ल्याएर रथयात्रा सम्पन्न हुन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार