सराङकोटमा महायज्ञ शुरु, पहिलो दिन ४५ लाख रुपैयाँ दान रकम संकलन
२०८१ फागुन १५ गते विहिबार
- प्रवक्ता तिमिल्सीनाले सराङकोटको स्तर उन्नतिमा महानगरले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव शुरु भएको छ ।
शिवरात्रीको दिन पारेर पोखरा १ गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा गरी शुरु गरिएको उक्त ज्ञानमहायज्ञको पहिलो दिन ४५ लाख रुपैयाँ दान संकलन भएको छ ।
ज्ञानमहायज्ञको पहिलो दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट रु.१५ लाख, त्यस्तै खिमबहादुर जिसीको परिवारबाट रु.२ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए।
त्यस अवसरमा ज्ञानमहायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिँदै सराङकोट धामको वृद्धि विकासका लागि ज्ञानमहायज्ञ गर्नु परेको बताए ।
पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका पोखरा २५ का अध्यक्ष मोतिराज तिमिल्सीनाले सराङकोट महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । प्रवक्ता तिमिल्सीनाले सराङकोटको स्तर उन्नतिमा महानगरले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले सराङकोटमा निर्माण भएका संरचना संरक्षणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षेत्री लगायतले पनि महाउत्सवको महत्वमाथि प्रकाश पार्दै सबैको साथ सहयोगबाट उत्सव सफल हुने विश्वास व्यक्त गरे ।
उक्त महा उत्सव स्थलमा निर्मित विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको आउने शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यज्ञ अवधिभर स्थानीय चत्रफ्बहादुर जिसी तथा उद्योगकुमारी जिसीले मूल कर्ताको भूमिका निर्वाह गर्ने आयोजक पक्षले जानकारी दिएको छ ।
सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ ।
महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पूजा तथा संगीतमय भजन कृर्तन गरिनेछ । सराङकोटमा अझैं १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।