- धाननाच प्रतिमा लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई मूर्तरूप दिन खोजिएको छ
फुङ्लिङ (ताप्लेजुङ), २६ पुस : लिम्बू समुदायको संस्कृति संरक्षण गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा तोक्मेमा धाननाच प्रतिमा (ताक्वाजङ याःसक्मादेन) निर्माण गरिएको छ । यो प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
प्रतिमा निर्माणका संयोजक कीर्तिमान मादेनका अनुसार यसबाट लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गरी जीवन्त राख्न योगदान पु¥याएको छ । धाननाच प्रतिमा लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई मूर्तरूप दिन खोजिएको छ ।
प्रतिमामा दुई महिला र दुई पुरुषले धाननाच गर्दै गरेको दृश्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । मूर्तिकार पूर्ण वनेमको नेतृत्वमा चार जनाको टोलीले काँसको प्रयोग गरी यो प्रतिमा तयार पारेका हुन् । प्रतिमा निर्माण गर्न राष्ट्रिय तथा अनुभवी मूर्तिकारको सहयोग लिइएको थियो ।
प्रतिमाको पृष्ठभूमिमा कुम्भकर्ण हिमाल (फक्ताङलुङ) र पाथीभरा (मुक्कुमलुङ) को आकृति राखिएको छ । प्रतिमा नजिकको रमणीयस्थल तोक्मेलाई सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको हो । समितिका अनुसार यसले लिम्बू समुदायको मौलिक सांस्कृतिक परम्परालाई उजागर गर्नुका साथै भविष्यका पुस्तालाई यो परम्पराको महत्व बुझाउन प्रेरणा दिनेछ ।
धाननाच लिम्बू समुदायको परम्परागत नाच हो । यो नाच प्राचीन समयदेखि पालम गाउँदै नाचिने गरिन्छ । धान रोप्ने र भित्र्याउने समयमा यो नाच सांस्कृतिक परम्पराका रूपमा प्रचलित छ । तोक्मेमा निर्माण गरिएको यो प्रतिमाले ताप्लेजुङ जिल्लामा सांस्कृतिक र पर्यटकीय सम्भावनालाई उजागर गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।