- जङ्गली हातीको बथानले करिव दुई साताअघि चन्द्रपुर नगरपालिकामा ८ र फतुवा विजयपुर नगरपालिकामा ४ घर भत्काएको हो ।
रौतहट: रौतहटको दुई पालिकाको विभिन्न स्थानमा रहेको बस्तिमा १२ भन्दा बढी घर हातीले भत्काईदिएको छ ।
जङ्गली हातीको बथानले करिव दुई साताअघि चन्द्रपुर नगरपालिकामा ८ र फतुवा विजयपुर नगरपालिकामा ४ घर भत्काएको हो । चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा ७ र वडा नम्बर २ को जुडिबेलामा एक घर भत्काएको छ । गैडाटारका स्थानिय नविन तमाङ्गका अनुसार सन्त बहादुर रुम्बा, मीना राई, छेनाम सिह लोप्चन, बली माया लोप्तन, बोम्जन साईला, सुबास ठोकर, साईला गोलेको घर जङ्गली हातीले भत्काईदिएको छ ।
हातीले जुडिवेलामा रहेको एक घर भत्काएको छ भने कालापानी सामुदायिक बन उपभोक्ता समुहको बनक्षेत्रमा निर्माण पार्क र पानी घट्टमा पनि क्षति पुरयाएको उनले बताए । चन्द्रपुर नगरपालिका अन्र्तगत वडा नम्बर २ को जुडिबेला, ३ गैडाटार , वडा नम्बर ४ कप्तानटोल र जंगलटोल क्षेत्रमा हात्तीले घर, टहरा, गोठ र धानको भकारी भत्काउनुका साथै किसानको बालीमा समेत क्षती पुरयाउदै आएपछि यहाँका बासिन्दा चिन्तित भएका छन् ।
फतुवा विजयपुर नगरपालिका वडा नं. ११ वुटवा बस्तिमा ४ घर हातीले भत्काईदिएको छ । स्थानिय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर ,हरिशरण मैनाली , लगायतका घरमा हातीले क्षति पुर्याएको छ । विगत केहि महिना देखि नगर भित्र रहेको जंगलमा देखा परेको हात्ती बेलुका र विहान बस्ति नजिकमा आउने गरेको स्थानियले बताएका छन् । हात्तीले केरा खतीमा बढी क्षती गरेको किसानको गुनासो छ ।
सामुदायिक वन क्षेत्रमा ७÷८ वटा समुहमा नै हात्ती देखा परेको उनीहरु बताउँछन् । उनीहरुका अनुसार हात्ती यस क्षेत्रको बन वारीपरि नै छ ।गाँउ नजिकै रातिको समयमा हाती देखा पर्न थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेका छन् ।
रातैभर हात्तीको उपद्रोका कारण सुत्न समेत नपाएको गाँउलेहरुको गुनासो छ । गाँउ नजिक सामुदायिक वन रहेकाले त्यहीबाट हाति प्रवेश गरेको हुन सक्नै भन्दै सतर्कता अपनाउन सवैमा डिभिजन वन कार्यालय रौतहटले सुझाव दिएको छ । जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन र झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’