एमालेका नेताहरुको घर जलाउनेमा स्वतन्त्र पार्टीका कार्यकर्ताहरु थिए : रघुवीर महासेठ
२०८२ पुष २० आइतवार
- आईतबार जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै महासेठले स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले एमालेका नेताहरुको घर जलाएर पछि नख्खु कारागारमा तोडफोड गर्न पुगेको दाबी गरेका छन् ।
जनकपुर : नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले जेनजी आन्दोलनका नाममा नेताहरुको घर प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुले जलाएको आरोप लगाएका छन् ।
आईतबार जनकपुरधामस्थित आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गर्दै महासेठले स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले एमालेका नेताहरुको घर जलाएर पछि नख्खु कारागारमा तोडफोड गर्न पुगेको दाबी गरेका छन् ।
उनले जेनजीको नाममा भएको तान्डवलाई देश भूमिगत समूहको हातमा पुगेको बुझ्नुपर्ने बताए । उनले शेरबहादुर देउवामाथि भएको आक्रमणको निन्दा गर्दै केही विदेशी शक्तिलाई ठिक जस्तो लागे पनि नेपाली जनतालाई नराम्रो लागेको बताए ।
उनले एमाले नेताका घरहरु आफ्नो नीजि भन्दा पनि जनताको लागि भएको बताए । उनले आफूले राजनीतिमा आउनु भन्दा पहिला बनाएको घर जेनजी आन्दोलनमा आगो लगाउनु दुःखद रहेको बताए ।
महासेठले हाल नेपालमा नयाँ शक्तिको नाममा अगाडि आएकाहरु चुनावमा जीते नेपालको हालत के हुने भन्ने चिन्ता व्यक्त गरे । जनताको बीचमा नगएका, कानुन बिपरीत काम गरेकाहरुले कागजी नयाँ शक्ति बनाएर चल्न नसक्ने उनले बताए ।
नेपालका राष्ट्रिय धरोहरका रुपमा रहेका संरचनाहरु जलाउन रातारात प्लानिङ गरिएको दाबी गरे । उनले ३ मिनेटमा आउनुपर्ने दमकल ३ दिन पछि ललितपुरबाट मगाएर सिंहदरबार निभाउन गएकोमा आक्रोस व्यक्त गरे ।
सिंहदरबारलगयातका सरकारी कार्यालयहरु छानी छानी नेताहरुको राखिएको फाईलहरु जलाइएको उनले आरोप लगाए । विभिन्न मुद्दाहरुको फाईल र दस्तावेजहरु नष्ट गर्न नियतवश आगजनी गरिएको उनले बताए ।
महासेठले मधेश प्रदेश सरकारको समर्थन एमालेले गरेको ठिक नरहेको बताए । उनले एमालेले समर्थन गरेकोले प्रतिपक्षमा बस्ने कोही नभएकोले सरकारलाई सचेत कसले गराउने भन्नेमा प्रश्न उठेको बताए ।
उनले मधेश प्रदेश संसदीय दलले केही सोच विचार गरेरै समर्थन दिएको भएपनि त्यसो गर्नु गलत रहेको धारणा राखे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’