जसपा नेपालका सांसद यादवलाई मधेश प्रदेशको सभामुख बनाउने सहमति

२०८२ पुष ०५ शनिवार
सारांश
  • नेता सरोज यादवले सभामुखका लागि यादवको नाम टुंगो लागेको जानकारी दिएका छन् ।

जनकपुरधाम: मधेश प्रदेशको सभामुख रामआशिष यादवलाई बनाउने सहमति भएको छ । मधेश प्रदेशका सत्तारुढ दलको बैठकले जसपा नेपालका सांसद यादवलाई सभामुख बनाउने सहमति भएको हो ।

 

पूर्व मुख्यमन्त्री तथा जसपा संसदीय दलका नेता सरोज यादवले सभामुखका लागि यादवको नाम टुंगो लागेको जानकारी दिएका छन् ।

 

मधेशमा आइतबार सभामुखको निर्वाचन हुँदैछ । निर्वाचन तालिकाअनुसार आज ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता हुँदैछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार