नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण, सुशासन कायम गर्ने पहिलो निर्णय
२०८२ मङ्सिर २१ आइतवार
- आइतबार पद तथा गोपनियताको सपथ लिए लगत्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले प्रदेशमा सुशासन कायम गर्ने र प्रदेशमातहतबाट हुने सम्पूर्ण सरकारी कामकाज छिटो र छरितो बनाउने निर्णय गरेका छन् ।
जनकपुर : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले पदभार ग्रहण गरेका छन् ।
आइतबार पद तथा गोपनियताको सपथ लिए लगत्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले प्रदेशमा सुशासन कायम गर्ने र प्रदेशमातहतबाट हुने सम्पूर्ण सरकारी कामकाज छिटो र छरितो बनाउने निर्णय गरेका छन् ।
सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले अहिलेको प्रदेश सरकारले स्थिरता पाउनेमा आफू विश्वस्त रहेको धारणा राखे । उनले सात दलीय गठबन्धन मजबुत रहेको बताए ।
प्रतिपक्षका सांसदहरुले पनि आफूसंग सहकार्य गर्ने आशा रहेको मुख्यमन्त्री यादवको भनाई थियो । त्यस्तै, उनले मन्त्रिपरिषद् थप विस्तार चाँडै हुने जानकारी दिए ।
विश्वासको मत लिनु भन्दा पहिला पनि मन्त्रिपरिषद् विस्तार हुने उनले बताए । अहिले मुख्यमन्त्री यादवसंग अर्थ मन्त्रालयबाहेकका सम्पूर्ण मन्त्रालयहरु रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।