लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदै
२०८२ मङ्सिर ०८ सोमवार
- प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने र प्रदेश सभा सदस्यले सातौं अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बुटवल : लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेश सभाको सोमबार दिउँसो १ बजे सातौ. अधिवेशनको पहिलो बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने र प्रदेश सभा सदस्यले सातौं अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची रहेको छ ।
पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त सातौं अधिवेशन आहृवानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती मगरले सुनाउने र प्रदेश सभा सदस्यहरुको उपस्थिति–अनुपस्थितिको जानकारी दिने कार्यसूची रहेको छ ।
त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ । सोमबारबाट सुरु भएको सातौं अधिवेशन लगातार ५ दिन चलाउने दलहरुबीच सहमति भएको छ । लुम्बिनीमा गत भदौ ३१ गते छैटौं अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’