मुख्यमन्त्री कार्कीको आग्रहः ‘विद्युत् र निजी क्षेत्रबीचको विवाद संवादबाट टुंग्याऔं’

२०८२ कार्त्तिक १४ शुक्रवार
सारांश
  • आज जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत् आपूर्ति रोकिँदा उत्पादन, रोजगारी र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको जनाउँदै दुवै पक्षलाई छलफल र सहकार्यको बाटोमा फर्किन आग्रह गरे ।

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रबीच देखिएको विवादलाई तत्काल वार्ता र संवादमार्फत टुंग्याउनुपर्ने बताएका छन् ।

 

आज जारी प्रेस विज्ञप्तिमा मुख्यमन्त्री कार्कीले उद्योगहरूमा विद्युत् आपूर्ति रोकिँदा उत्पादन, रोजगारी र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर परेको जनाउँदै दुवै पक्षलाई छलफल र सहकार्यको बाटोमा फर्किन आग्रह गरे ।

 

उनले भने,‘उद्योग बन्द हुँदा अर्थतन्त्र मात्र होइन, हजारौं परिवारको रोजगारी संकटमा पर्छ। वार्ता र समन्वयबाटै समस्या समाधान गर्नुपर्छ’ ।

 

मुख्यमन्त्री कार्कीले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा निजी उद्योग, सुपरमार्केट, कलकारखाना र सञ्चार माध्यममा भएको तोडफोड र आगजनीले लगानीकर्तामा डर र असुरक्षाको वातावरण बनाएको बताए ।

 

उनका अनुसार यस्तो अस्थिरताले स्वदेशी तथा विदेशी लगानीकर्ता दुवैलाई निरुत्साहित बनाउने खतरा देखिएको छ ।

 

कार्कीले हाल नेपालको आर्थिक समस्या क्रमशः सुधारतर्फ उन्मुख भइरहेका बेला पुनः विवाद र असमझदारीले प्रतिकूल प्रभाव पारेको बताए । ‘अर्थतन्त्रमा सुधारको संकेत देखिँदैछ, तर विवाद र अविश्वासको वातावरणले त्यो प्रयासलाई कमजोर बनाइरहेको छ,’उनले उल्लेख गरे ।

 

मुख्यमन्त्री कार्कीका अनुसार सरकार र निजी क्षेत्रबीच लामो समयसम्म असमझदारी रहनु देशको आर्थिक भविष्यका लागि घातक हुन्छ । उनले भने, ‘निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो। त्यसको संरक्षण, प्रोत्साहन र समस्या समाधान राज्यको दायित्व हो’ ।

 

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले अभिभावकको भूमिकामा रहेर सबै पक्षलाई एउटै मञ्चमा ल्याएर स्थायी समाधानका लागि पहल अघि बढाउने प्रतिबद्धता जनाए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार