वागमती प्रदेश सभा बैठक तिहारपछि, नयाँ भवनको सरसफाई गरिंदै

२०८२ कार्त्तिक ०२ आइतवार
सारांश
  • प्रदेश सभाको मुख्य भवन क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौँडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनमा अस्थायी रूपमा बैठक सञ्चालन गर्नका लागि उक्त भवनको मर्मत सम्भार कार्य भइरहेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालनको तयारी गरेको हो ।

हेटौँडा : लामो समयदेखि अवरुद्ध वागमती प्रदेश सभाको बैठक तिहारपछि सञ्चालन गर्ने तयारी थालिएको छ । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका–२ स्थित मुख्यमन्त्री सभा हलमा बैठक राख्ने तयारी गरिएको छ ।

 

प्रदेश सभाको मुख्य भवन क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौँडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनमा अस्थायी रूपमा बैठक सञ्चालन गर्नका लागि उक्त भवनको मर्मत सम्भार कार्य भइरहेको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालनको तयारी गरेको हो ।

 

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको उक्त भवनको अधिकांश भाग जलेका छन् । अल्मोनियम र युपिभिसी प्रोफाइलबाट निर्माण गरिएको उक्त भवनको सरसफाइ र विद्युतीकरणको काम गरेर बैठक चलाउने तयारीमा सरकार अघि बढेको हो ।

 

सहरी विकास तथा भवन कार्यालयले उक्त सभा हलको व्यवस्थापनको काम गरिरहेको छ । जलेका भागहरू हटाएर रंगरोगन गर्ने र अस्थायी प्रकृतिको व्यवस्थापनमा कार्यालयले काम गरिरहेको हो । कार्यालयका प्रमुख सुबोध अधिकारीका अनुसार सो भवनमामा जलेका स्थानमा सफा गरेर रङ लगाउने र विद्युतीकरणको काम गरिरहेको छ ।

 

तिहार अघि भवनको मर्मत सम्भारको काम सकिने छ कार्यालय प्रमुख अधिकारीले भने । तिहार पछि प्रदेश सभाको बैठक राख्ने तयारी भइरहेको । प्रदेश सभाका सचिव रामकुमार पौडेल बताए ।

 

हेटौँडा उपमहानगरपालिका—१०स्थित प्रदेश सभाको नवनिर्मित भवन जेनजी आन्दोलनको क्रममा आगजनी गरेर पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ । करिब १२ करोडको लागतमा निर्माण गरिएको उक्त प्रदेश सभाको हल भदौ २४ गते आगजनी गरेर नष्ट भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार