जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता
२०८२ असोज ३० बिहीबार
- आयोगले विशेष अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी गरी सिंहलाई नियन्त्रणमा लिएको बताइएको छ। उनीमाथि विकास कोषका योजनाबाट नक्कली उपभोक्ता समिति बनाएर रकम हिनामिना गरेको अभियोग छ । आयोगले उनलाई आजै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ ।
सर्लाही :जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो ।
आयोगले विशेष अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी गरी सिंहलाई नियन्त्रणमा लिएको बताइएको छ। उनीमाथि विकास कोषका योजनाबाट नक्कली उपभोक्ता समिति बनाएर रकम हिनामिना गरेको अभियोग छ । आयोगले उनलाई आजै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ ।
आयोगले उनिसहित १६ जना विरुद्व मुद्दा दायर गरेको छ । गत २९ जेठमा पनि सिंहलाई अनामनगरबाट पक्राउ गरी बयान लिएर तारेखमा छाडिएको थियो । तर, पछिल्लो अनुसन्धानमा उनले उपभोक्ता समितिहरूको नाममा कोषको रकम जम्मा गरी सो रकमबाट करिब ३७ प्रतिशत कमिसन आफ्नै र श्रीमतीको बैंक खातामा सारेको प्रमाण फेला परेको आयोगको दाबी छ ।
उनले आफ्ना निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम हिनामिना गरेको पाइएको छ। आयोगले कायस्थलाई गत १२ असोजमा पक्राउ गरेको थियो। अब आयोगले दुवैजनासँगै सो प्रकरणमा संलग्न अन्य उपभोक्ता समितिका पदाधिकारीहरूमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सिंह पूर्व गृह राज्यमन्त्री (आन्तरिक मामिला) समेत हुन् ।
उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उनको प्रदेश सांसद पद निलम्बन भएको पुष्टि गरेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का दफा १७ र १९, साथै संविधानको धारा १८७(६) अनुसार सिंह स्वतः निलम्बनमा परेका हुन्।
सिंहको निलम्बनसँगै मधेस प्रदेशसभामा निलम्बित सांसदको संख्या तीन पुगेको छ। यसअघि नेकपा एमालेका सांसद दीपेन्द्र ठाकुर भ्रष्टाचार मुद्दामा र अर्का सांसद मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा जन्मकैद सजाय पाएपछि निलम्बनमा परेका थिए। अख्तियारले यो प्रकरणमा थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरूमाथि पनि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।