मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिदै

२०८२ असोज २८ मङ्गलवार
सारांश
  • आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् ।

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदैछन् ।

 

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिन लागेका हुन् । उनकै पार्टीले उनीप्रतिको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत पाउने सम्भावना भने छैन । उनले विश्वासको मत नपाएपनि आफ्ना धारणा सदनमा राख्न चाहेर विश्वासको मत लिन लागेको बताएका छन् ।

 

मुख्यमन्त्री सिंह सरकारमा एक्लो भएका छन् । मुख्यमन्त्री सिंहलाई समर्थन गरेका दलहरूले एकपछि अर्काले साथ छोड्दै गएपछि अहिले  मन्त्रिपरिषदमा मुख्यमन्त्री सिंह एक्लो छन् । उनको आफ्नै दल जनमत पार्टीले समेत साथ छोडेपछि मुख्यमन्त्री सिंह एकल भएका हुन्। 

 

उनको पार्टीसहित सरकारमा सहभागी दल जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र लोसपाले साथ छोडिसकेका छन् ।

 

भदौ २३–२४ गते जेन–जी पुस्ताको आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका मुख्यमन्त्री सिंहले औपचारिक रूपमा भने लिखित बुझाएनन् । मुख्यमन्त्रीको राजीनामा नआएपछि जनमतले स्पष्टीकरण सोद्धै मुख्यमन्त्री र मन्त्रीलाई राजीनामा दिने निर्देशन दिएपनि उनले पद छोड्न मानेनन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार