लोसपाले पनि फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन

२०८२ असोज २७ सोमवार
सारांश
  • शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ ।

सर्लाही: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।


लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो । शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ ।


मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन् । जनमत पार्टीबाट निर्वाचित सिंहले अब भोलि (मंगलबार) दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको बैठक सोही प्रयोजनका लागि आह्वान गरिएको छ ।


यसअघि नै नेपाली कांग्रेस र नेकपा (एमाले)ले सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । अहिले एमाले र जनमतको समर्थनमा कांग्रेसले नयाँ सरकार गठनको दाबी अघि सारेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार