मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प : मुख्यमन्त्री पाण्डे

२०८२ भाद्र २६ बिहीवार
सारांश
  • संवाद पहललाई गण्डकी प्रदेश सरकार स्वागत गर्ने भन्दै उनले संवाद र एकताबाट मात्र विकल्प रहेको बताएका हुन् ।

पोखरा: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प रहेको बताएका छन् । 


बुधबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अघि बढाएका संवाद पहललाई गण्डकी प्रदेश सरकार स्वागत गर्ने भन्दै उनले संवाद र एकताबाट मात्र विकल्प रहेको बताएका हुन् ।  


विज्ञप्तिमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एकमात्र विकल्प हो । सम्माननीय राष्ट्रपतिज्यूले अघि बढाउनुभएको संवाद पहललाई गण्डकी प्रदेश सरकार हार्दिक स्वागत गर्दछ । यो पहललाई सफल बनाउन राजनीतिक  दल,नागरिक समाज, सञ्चार जगत लगायत सबै तहबाट सहकार्य हुन अपरिहार्य छ ।’


उनले युवापुस्ताको आकांक्षा र भावनालाई समेटदै, संवैधानिक रिक्तता र शून्यता सिर्जना हुन नदिई, वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्न जरुरी रहेको पनि बताए । 


मुख्यमन्त्री पाण्डेले आन्दोलनमा भएका आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न आवश्यक रहेको बताए । 


‘भदौ २३ को अत्यधिक बल प्रयोग र त्यसपछिका योजनाबद्ध आगजनी तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न आवश्यक छ भन्नेमा म दृढ छु । शान्तिपूर्ण आन्दोलनको नाममा घुसपैठ गरी नियोजित विध्वंस गर्ने प्रवृत्ति अस्वीकार्य छ र यसको कठोर निन्दा गर्दछु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ । 


उनले नेपाली समाजको विशिष्ट चरित्र ‘सामाजिक एकता र सद्भाव’ रहेको भन्दै यसलाई अझ बलियो बनाउँदै नयाँ बाटो पहिल्याउनुपर्ने समेत बताए । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार