- बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।
इटहरी : कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् ।
बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उहाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारको सहसचिवको रूपमा सरुवा हुनुभयो । सहसचिवको रूपमा सरुवा भइसकेपछि, कोशी प्रदेशमा मुख्यमन्त्री कार्यालयमा रहँदा हाम्रो मन्त्रालय, उद्योग, कृषि, सहकारी मन्त्रालयको गाडी, चालक, क्वाटर सबै प्रयोग गर्दै आउनु भो, बाहिर बाहिर हिँड्नु भो, मसँग नभेटेको २० देखि २५ दिन भयो । मन्त्रालयमा उहाँ सचिव कामकाजको रूपमा अहिलेसम्म खटिएको छैन ।’
यस्तै, उनले भोली पत्रकार र सर्वसाधारणहरुले पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने जवाफदेही हुनुपर्ने हिसाबले र आफ्नो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले उक्त कार्य भएको बताए ।
उनले भने, ‘भोली पत्रकार र सर्वसाधारणहरुले तपाईंको पूर्व सचिवले चढेको गाडी, चालक र क्वाटरहरु कस्तो अवस्थामा छ भनेर सोध्यो भने भन्ने, हिसाबले मेरो मातहतमा रहेको कार्यालय र कर्मचारीमा सुशासन कायम गर्ने हिसाबले पनि मैले जवाफदेही हुनुपर्छ । हाम्रो जिन्सी शाखा शाखामा गाडीको चाबीहरू राख्ने गरिन्छ र त्यहाँ चालकलाई जिन्सी शाखा मार्फत बोलाएर, उहाँलाई चाबी त्यहाँ बुझाएर गाडी हाम्रो मन्त्रालयको परिसरभित्र राखिएको अवस्था हो र कर्मचारीलाई सुशासन कायम गर्नलाई सेवाको हिसाबले सधैँ चुस्त दुरुस्त सेवाको लागि हामीले जहिले निर्देशन दिने गरिन्थ्यो तर कर्मचारीसँग मेरो कुनै पनि किसिमको पूर्वाग्राही ढङ्ग राख्ने र त्यसमा विशुद्धताका साथ हेर्ने चलन छैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।