मधेश प्रदेशसभाको अधिवेशन आह्वान

२०८२ भाद्र ०५ बिहिवार
सारांश
  • बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गते (बिहीबार) १ बजेदेखि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

जनकपुरधाम, ५ भाद्र । मधेश प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले भदौ १२ गते (बिहीबार) १ बजेदेखि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

 

गत बुधवार प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखका निमित सचिव सत्रुध्न यादवले जानकारी दिएका छन् ।

 

प्रदेश सभाको पाँचौं अधिवेशन गएको असार ३२ गते अन्त्य भएको थियो । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार