व्यवसाय र मानव अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री कार्की
२०८२ भाद्र ०४ बुधवार
- बुधबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रमिक, उद्यमी र उपभोक्ताको अधिकार सुरक्षित भए मात्र प्रदेशको दिगो विकास सम्भव हुने औंल्याउँदै राज्यको मात्र होइन, निजी क्षेत्र, नागरिक समाज र सर्वसाधारण सबैले समान रूपमा जिम्मेवारी वहन गर्नुपर्ने बताएका हुन् ।
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले व्यवसाय र मानव अधिकारलाई सँगै अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् ।
बुधबार विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रमिक, उद्यमी र उपभोक्ताको अधिकार सुरक्षित भए मात्र प्रदेशको दिगो विकास सम्भव हुने औंल्याउँदै राज्यको मात्र होइन, निजी क्षेत्र, नागरिक समाज र सर्वसाधारण सबैले समान रूपमा जिम्मेवारी वहन गर्नुपर्ने बताएका हुन् ।
उनले अन्तर्राष्ट्रिय सन्धि र सम्झौतासँग मेल खाने गरी कानुन निर्माणको तयारी भइरहेको जानकारी दिंदै नेपाल विश्वमै व्यवसाय र मानव अधिकारको अभ्यासमा अगाडि रहे पनि त्यसको उचित श्रेय लिन नसकेको गुनासो गरेका छन् ।
‘सहयोग र साझेदारी बिना परिणाम आउँदैन, त्यसैले अब सबै मिलेर सकारात्मक पहल गर्न जरुरी छ,’ उनले भने ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको संयुक्त आयोजनामा भएको कार्यक्रममा व्यवसाय र मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना २०८०÷८५ को कार्यान्वयनबारे छलफल गरिएको थियो ।
सो अवसरमा प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सरकार र निजी क्षेत्रको सहकार्य भए मात्र मानव अधिकारको संरक्षण र व्यवसायिक वातावरण दुवै सुदृढ हुने विश्वास व्यक्त गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’