कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल
१९ श्रावण, २०८२, सोमवार
- ‘चाडपर्वहरू नजिकिँदै छन्, यस्तो समयमा बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनमा तीव्रता दिन आवश्यक छ,’ मुख्यमन्त्री कार्कीको भनाइ थियो।
विराटनगर: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष आतिथ्यमा सम्पन्न बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले वर्तमान सुरक्षा चुनौती, गर्नुपर्ने कार्य, र सीमा सुरक्षा विषयमा विस्तृत छलफल गरिएको जानकारी दिए।
बैठकमा लागू पदार्थको विक्री–वितरण तथा ओसारपसार नियन्त्रण, सडकमा सुशासन कायम गर्ने, र आगामी चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तथा कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय गरिएको छ।
मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा भइरहेको तस्करीलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई थप प्रभावकारी ढंगले परिचालन गर्न निर्देशन दिए। साथै उनले कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालनमा आउन लागेको रथयात्रा तथा विराटनगरको रथयात्राको सुरक्षा प्रबन्धमा विशेष ध्यान दिन आग्रह गरे।
‘चाडपर्वहरू नजिकिँदै छन्, यस्तो समयमा बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनमा तीव्रता दिन आवश्यक छ,’ मुख्यमन्त्री कार्कीको भनाइ थियो।
बैठकमा मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू लगायत सुरक्षासम्बन्धी निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’