सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विहीबार विश्वासको मत लिने
२०८२ श्रावण १२ सोमवार
- साउन १५ गते विहिबार ५ बजेदेखि बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन् ।
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विहीबार विश्वासको मत लिने भएका छन् ।
साउन १५ गते विहिबार ५ बजेदेखि बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने भएका हुन् ।
सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि संबैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । नागरिक उन्मुक्ति पार्टीले असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ । जसमा कांग्रेसका १८ र एमालेका ११ सांसद रहेका छन् ।
त्यस्तै सुदूरपश्चिममा माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’