जनकपुरधाममा पानी माग्दै सामाजवादी युवा संघद्वारा प्रदर्शन
२०८२ श्रावण ११ आईतवार
- आइतबार घैला, बाल्टिन, जग बोकेर सरकारसँग पानी माग्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहविरुद्ध नाराबाजी गर्दै युवाहरुले जुलुस निकालेका हुन्
जनकपुर : जनकपुरधाममा जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी युवा संघका युवाहरुले पानी माग्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
आइतबार घैला, बाल्टिन, जग बोकेर सरकारसँग पानी माग्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहविरुद्ध नाराबाजी गर्दै युवाहरुले जुलुस निकालेका हुन् ।
उनीहरुले भ्रष्ट सरकार पानी दे, चुरे दोहन बन्द गर, राहत प्याकेज घोषणा गर, किसान विरोधी सरकार होसियार, किसान मार्न पाइँदैन जस्ता नारा लगाउँदै जनकपुरधामको जनकचोकबाट जुलुस निकालेर मुख्यमन्त्री कार्यालय पुगेका थिए ।
उनीहरुले मुख्यमन्त्री सिंहलाई चार बुंदे मागसहितको ज्ञापन पत्र पनि बुझाउन पुगेकोमा, मुख्यमन्त्री सिंह काम विशेषले काठमाडौ गएका कारण मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेललाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएका थिए ।
ज्ञापन पत्रमा ध्यानाकर्षण गराइएका विषयहरु
१. सरकारले तैयार गरेको भूमी विधेयक पूर्णरूपमा मधेशी जनता र यस क्षेत्रका लागि बिष समान रहेकोले यो कुनै पनि शर्तमा मान्य हुने छैना भुमी विद्येयक निशर्त खारिज हुनुपर्छ वा आपतिजनक बिषयहरू संशोधन गरि अगाडि बढाइनु पर्छ ।
२. किसानहरूलाई प्रत्यक वर्ष मलखाद्य र बिउको समस्या हुने गरेको र हरेक वर्ष यस विषयमा आवाज उठाउँदापनि सरकारले कुनै प्रभावकारी कार्य अगाडि नबढाएकाले किसान हरेक वर्ष मर्कामा पर्छ । नेपालको बजारमा मलखाद उपलब्ध नहुँदा भारतिय बजारबाट खरिद गर्नुपर्ने बाध्यता रहेको छ र यो बाध्यता नेपाल सरकारकै कारण भएकै हो । मधेशका किसानहरूले भारतिय बजारबाट बाध्यताले खरिद गरेर ल्याएको मलखाद्यपनि यहाँ प्रशासनले ल्याउन नदिने, जपत गर्ने, किसानलाई परेशान गर्ने जस्ता कार्य भएकोले यस्ता कार्य तुरुन्तै रोकिन् पर्छ, नभए सरकारले किसानका समस्या र अवश्यकतालाई ठोसरूपमा संबोधन गर्नु पर्छ । यथाशिघ्र मलखादको व्यवस्थापन गरिदिन नेपाल सरकारसंग माग गर्दछौं ।
३. केहि दिन अगाडि मधेशलाई सुख्खाग्रष्त क्षेत्र घोषणा भएतापनि कुनै प्रकारका गतिविधि र राहतको प्याकेज यस क्षेत्रका जनतालाई उपलब्ध भएको देखिएन् । जनतालाई खानेपानी समेतको समस्या हुँदै गर्दा सरकारको यस प्रकारको व्यवहार बिभेदकारी जस्तो बोध गराउँदैछ तसर्थ जनतालाई खानेपानी उपलब्ध गराउन सम्भव प्रविधि प्रयोग गरि समाधान र राहत दिइन् पर्छ साथ साथै यस सुखाग्रष्त समस्याको समाधानका लागि द्विघकालिन योजनाको माँग गर्दछौं ।
४. किसानको खेतहरू बंजर बन्दै गर्दा सरकारको कुनैपनि योजना नदेखिन् दुखद रहेको र यस बिषयमा पनि सरकारको ध्यानाकर्षण गराउँदछौं । यस क्षेत्रका कृषिका लागि विभिन्न सिचाई योजनाहरूलाई यथाशिघ्र संचालन गरि सम्पन्न गराउन माग गर्दछौ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।