सिक्किममा भानुको सम्झना, राज्यपाल र मुख्यमन्त्रीले गरे प्रशंसा
२०८२ असार २९ आईतवार
- समारोहमा उपस्थितहरुले भानुको प्रतिमामा माल्यार्पण गरे । सो अवसरमा माथुरले प्रथम पद्मश्री सम्मानित लेखक सानु लामालाई श्रद्धाञ्जली अर्पण गर्दै उनको निधन सिक्किमी नेपाली साहित्य र संस्कृतिको लागि अपूरणीय क्षति भएको बताए।
काठमाडौं : उत्तरपूर्वी भारतको सिक्किममा नेपालमा जन्मिएका आदिकवी भानुभक्त आचार्यको २११ औं भानु जयन्ती मनाइएको छ ।
गान्तोकको भानु उद्यानमा आयोजित समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेम सिंह तामाङले सम्बोधन गरे ।
समारोहमा उपस्थितहरुले भानुको प्रतिमामा माल्यार्पण गरे । सो अवसरमा माथुरले प्रथम पद्मश्री सम्मानित लेखक सानु लामालाई श्रद्धाञ्जली अर्पण गर्दै उनको निधन सिक्किमी नेपाली साहित्य र संस्कृतिको लागि अपूरणीय क्षति भएको बताए।
सो अवसरमा उनले भाषा केवल सञ्चारको माध्यम मात्र नभएर सभ्यता, संस्कृतिको पहिचान भएको बताए। ‘जब हामी मातृभाषालाई सम्मान गर्छौं, हामी हाम्रो विगतको सम्मान गर्छौं र हाम्रो भविष्यलाई निर्देशित गर्छौं,’ उनले भने ।
उनले भानु जयन्तीलाई केवल उत्सव मात्र नभई भाषिक एकता र सांस्कृतिक सम्पदाको प्रतीकको रूपमा वर्णन गरे। उनले सिक्किमको सामाजिक, सांस्कृतिक र आर्थिक विकासलाई उजागर गर्दै भारतको २२ औं राज्य बनेको पाँच दशकमा सिक्किमले उल्लेखनीय उपलब्धि हासिल गरेको बताए।
समारोहमा मन्त्रीहरू, लोकसभा सांसदहरू, विधायकहरू, उच्च अधिकारीहरू, जनप्रतिनिधिहरू, साहित्य प्रेमीहरू, विद्यार्थीहरु सहभागी थिए ।
स्रोत ः सिक्किम सरकार
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’