बागमती प्रदेशसभा बैठक पुनः सारियो, माओवादीको अडानले संसद अवरुद्ध

२०८२ असार २१ शनिवार
सारांश
  • माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारलाई पुरक प्रस्तावबिनाको बैठक चल्न नसक्ने स्पष्ट पारेका छन्। उनका अनुसार सरकारले ल्याएको बजेट कार्यक्रममा छुटेका विषयहरु समेटेर पुरक प्रस्ताव ल्याउन माग गरिएको हो। शुक्रबारदेखि नै सरकारसँग निरन्तर छलफल भैरहेको उनले बताए।

हेटौंडा : शुक्रबार साँझ बस्न नसकेको बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको भए पनि पुनः ३ बजेका लागि सारिएको छ। बैठक सारिनुको कारण प्रतिपक्ष दलहरुले बजेटको पुरक प्रस्ताव संसदमा ल्याउनुपर्ने अडान हो।


माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारलाई पुरक प्रस्तावबिनाको बैठक चल्न नसक्ने स्पष्ट पारेका छन्। उनका अनुसार सरकारले ल्याएको बजेट कार्यक्रममा छुटेका विषयहरु समेटेर पुरक प्रस्ताव ल्याउन माग गरिएको हो। शुक्रबारदेखि नै सरकारसँग निरन्तर छलफल भैरहेको उनले बताए।


मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सचिवालयका अनुसार संसदमा दर्ता भएको संकल्प प्रस्तावमा पुरक प्रस्ताव समावेश गर्ने तयारी भइरहेको छ। सोही प्रस्तावलाई संसदले पास गरी सरकारलाई निर्देशन दिने र बाँकी कार्यक्रमहरु कार्यान्वयन गरिने योजना बनाइएको छ।


तर, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले भने प्रतिपक्षको माग अनुसार तुरुन्तै पुरक प्रस्ताव ल्याउने सम्भावना नदेखिएको बताएका छन्। उनले संसद चलाउने विषयमा अझै स्पष्ट निष्कर्ष ननिस्किएको बताएका छन्।


माओवादी केन्द्रको कडा अडान र सरकारसँगको समन्वयको प्रयासबीच बागमती प्रदेशको संसदिय गतिरोध समाधान हुने वा थप जटिल बन्ने भन्ने प्रश्न खुलै छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार