बागमती प्रदेश सरकारको बजेट समानुपातिक र समावेशी छैन : राप्रपा सांसद थापा

२०८२ असार २० शुक्रवार
सारांश
  • राप्रपा बागमती प्रदेश संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग बोल्दै सांसद थापाले सरकारको नीति तथा कार्यक्रममा समेटिएका दृष्टिकोणहरू व्यवहारमा नआएको आरोप लगाए ।

हेटौंडा: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद उद्धव थापाले कडा आलोचना गरेका छन् । उनले बजेटलाई असमानुपातिक, असमावेशी तथा विभेदपूर्ण भन्दै  आपत्ति जनाएका हुन् ।


राप्रपा बागमती प्रदेश संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग बोल्दै सांसद थापाले सरकारको नीति तथा कार्यक्रममा समेटिएका दृष्टिकोणहरू व्यवहारमा नआएको आरोप लगाए । ‘बजेटमा विभिन्न समुदाय र क्षेत्रको आवश्यकता तथा अधिकारलाई समेटिएको देखिँदैन,’ थापाले भने, ‘विकासका नाममा केही चुनिँदा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको छ, जसले संघीयताको मूल मर्मविपरीत छ ।’


उनले विशेष गरी पिछडिएको तथा दुर्गम क्षेत्रहरूलाई बेवास्ता गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । ‘हामी समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा गर्छौं तर बजेटमा त्यो देखिँदैन,’ उनले थपे ।


सांसद थापाले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार क्षेत्रमा बजेटको असमान वितरणको उल्लेख गर्दै त्यसलाई सच्याउन सरकारलाई आग्रह गरेका छन् । साथै उनले बजेट निर्माण प्रक्रियामा जनप्रतिनिधिहरूको पर्याप्त सहभागिता नभएको दाबी गर्दै आगामी दिनमा यसबारे गम्भीर पुनर्विचार हुनुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार