मधेश प्रदेशसभा सदस्य सांसद ललिता दासमाथि लुटपाट प्रयास !

२०८२ असार १८ बुधवार
सारांश
  • गएराति साढे १२ः३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लिमा आफूलाई दुई जना केटाले लखेटेर लुटपाट र हमला गर्ने प्रयास गरेको उनले बताएकी छन् । समयमै भागेर घर पुगेपछि परिवारले ढोका खोलेको र आफ्नो ज्यान जोगिएको उनले लेखेकि छन्

जनकपुर : मधेश प्रदेशकी सांसद ललिता दास (तत्मा) माथि लुटपाट प्रयास भएको छ । उनले आफूमाथि गएराति एक समूहले सिराहाको लहानमा लुटपाट र हमलाको प्रयास गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।


गएराति साढे १२ः३० बजेतिर जनकपुरबाट लहानस्थित घर जाने क्रममा एनएमबी बैंकको गल्लिमा आफूलाई दुई जना केटाले लखेटेर लुटपाट र हमला गर्ने प्रयास गरेको उनले बताएकी छन् । समयमै भागेर घर पुगेपछि परिवारले ढोका खोलेको र आफ्नो ज्यान जोगिएको उनले लेखेकि छन् 


सांसद ललिताले थाना नजिकै रहेको उनको घर निर आफू असुरक्षित महसुर गरेको भन्दै उनले हाम्रो देशमा के हुँदैछ भनेर प्रश्न गरेकि छन् । उनले लेखेकि छन, ’आखिर के हुँदैछ हाम्रो देशमा ? किन यति भय, त्रास दिँदैछन् हामीलाई ? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ । तानाको नजिक मेरो घर हो तर पनि यति असुरक्षित । केहि महिना पहिला एकजनालाई मेरै घर अगाडि छुरा प्रहार गरेको थिया । आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ । कसरी बाँच्ने ?’


सांसद दासले डिएसपिलाई खबर गर्दा पनि उनले बेवास्ता गरेको समेत बताएकी छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार