प्रदेश सभाको बैठक अनिश्चित बनेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती’
२०८२ असार १६ सोमवार
- सोमबार नेकपा (एकिकृत समाजवादी) का सांसद बसन्त मानन्धर, राप्रपाका उपनेता, गिर बहादुर तामाङ र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्न प्रसाद ढकालले् संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आपत्ती व्यक्त गरेका छन् ।
हेटौंडा : दलहरुबीच आपसी समझदारी, परामर्श र कुनै जानकारी समेत नगरी सरकारले एकलौटी ढंगबाट वागमती प्रदेश सभा बैठक सार्ने काम भइरहेको भन्दै प्रतिपक्ष दलहरुको गम्भिर आपत्ती जनाएको छ ।
सोमबार नेकपा (एकिकृत समाजवादी) का सांसद बसन्त मानन्धर, राप्रपाका उपनेता, गिर बहादुर तामाङ र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्न प्रसाद ढकालले् संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर आपत्ती व्यक्त गरेका छन् ।
बजेटमा रहेको नीतिगत त्रुटि, असन्तुलित, बिभेदकारी र सेटिङ्गमा आधारित वजेट सच्याएर मात्र यस समस्यको हल गर्न सकिने पनि उनीहरुको भनाई छ ।
तसर्थ प्रदेश सभालाई बन्धक बनाएर बजेट माथिको छलफलबाट भाग्नु भन्दा दलहरुसँग सम्वाद गरी आवश्यक निकाश निकाल्न पनि प्रदेश सरकारलाई प्रतिपक्ष दलहरु आग्रह गरेका छन् ।
‘आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रदेश सभामा पेश गरिसकेको छ । आजसम्म बजेट माथि छलफल हुन सकेको छैन । बजेट निर्माणको सन्दर्भमा वागमती प्रदेश सरकारले गम्भिर नीतिगत त्रुटि गरेको छ । प्रदेश सरकारको यो वीचमा देखिएका गतिविधि बारे प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरुको गम्भिर ध्यानाकर्षण भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।
बजेट माथि सत्ताघटक दलहरुको असन्तुष्टी र अन्तरविरोधका कारण पनि प्रदेश सभाको बैठक अनिश्चित हुँदै गएको पनि उनीहरुको आरोप छ ।
उनीहरुको भनाई, ‘राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल पनि निकै ढिलो गरी असार १२ गतेबाट सुरु गर्ने तय भयो । वजेट माथि सत्ताघटक दलहरुको असन्तुष्टी र अन्तरविरोध चुलिएको छ । सत्ताघटक दलको बैठक वसी दिनभर प्रदेश सभालाई बन्धक बनाइयो । अन्तत सत्ताघटक दलहरुको कारणले १२ गतेको प्रदेश सभा बैठक बस्न सकेन । पुनः बजेट माथिको छलफल असार १६ गते १ः०० बजेका लागि सारियो । आज असार १६ गते १ वजेको लागि बोलाइएको बैठक पनि नराखी ४ः०० वजेसम्मका लागि सारियो । आज ४ः०० बजे पनि वैठक वस्न सकेन । अन्तत प्रदेश सभाको बैठक अनिश्चित हुँदै गएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।