सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री
२०८२ असार १६ सोमवार
- गुणस्तरीय कार्य सुनिश्चित गर्न तथा कुनै पनि गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री यादवले आफैँ अनुगमनमा निस्कनु भएको हो । प्राविधिक टोलीसँग बत्तीको गुणस्तर, जडान प्रक्रिया, विद्युत आपूर्तिको अवस्थालगायतका पक्षमा जानकारी लिइ उनी अनुगमन गरिरहेका छन् ।
जनकपुर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जनकपुरधाम–ढल्केवर सडकखण्डमा हाल जडान भइरहेको सडक बत्तीको कार्य र गुणस्तर चेकजांच गर्न ऊर्जा, सिचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव आफैं अनुगमन गर्न निस्केका छन् ।
गुणस्तरीय कार्य सुनिश्चित गर्न तथा कुनै पनि गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री यादवले आफैँ अनुगमनमा निस्कनु भएको हो । प्राविधिक टोलीसँग बत्तीको गुणस्तर, जडान प्रक्रिया, विद्युत आपूर्तिको अवस्थालगायतका पक्षमा जानकारी लिइ उनी अनुगमन गरिरहेका छन् ।
मन्त्री यादवले जनताको करबाट निर्माण हुने पूर्वाधारको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न र कामप्रति कसैको गुनासो नआओस उद्देश्य अनुगमन कार्यलाई तिव्रता दिइएको उनले बताए ।
स्थानीय बासिन्दाले समेत मन्त्री यादवको प्रत्यक्ष अनुगमनलाई सकारात्मक रूपमा लिँदै सडक बत्तीको प्रभावकारिता र सुरक्षा अभिवृद्धिमा विश्वास व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’