मुख्यमन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’
२०८२ असार ११ बुधवार
- मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन् ।
जनकपुर :मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।
मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा लागूऔषध दुव्र्यसनको समस्या गम्भीर बन्दै गएको बताएका हुन् ।
‘मधेशका जनशक्ति विगतमा शिक्षा, स्वास्थ्य र प्रविधिका क्षेत्रमा देशका विभिन्न भागमा नेतृत्व गर्थे,’ मुख्यमन्त्री सिंहले भने, ‘तर आज मधेशकै शिक्षा अवस्था नाजुक बनेको छ। स्थानीय तहले अब नेतृत्व लिनैपर्छ।’
उनले सरकारी विद्यालयमा भर्ना भएपछि अभिभावक र शिक्षक दुवैले जिम्मेवारी पूरा भयो भन्ने बुझाइ राख्ने प्रवृत्तिका कारण विद्यालय तहमा संकट गहिरिएको उल्लेख गरे। ’एक अर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले सामुदायिक विद्यालयमा अध्ययनको गुणस्तर कमजोर भएको छ,’ सिंहको भनाइ थियो।
मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयमा लापरबाहीले गर्दा विद्यालय तहका बालबालिका लागूऔषधको दुव्र्यसनमा फसिरहेको चेतावनीसमेत दिए।
उनले भने, ’विद्यालय शिक्षा सुधार गर्ने मुख्य जिम्मेवारी शिक्षकको काँधमा छ। लागूऔषधको दुव्र्यसन विद्यालयमै फैलिएको छ, यसलाई सामाजिक रूपमा नियन्त्रण गर्न ढिलो भइसकेको छ।’
मुख्यमन्त्री सिंहले निजी विद्यालयमाथि पनि कटाक्ष गरे। उनका अनुसार, ‘मधेशका निजी विद्यालयहरू विद्यार्थीको क्षमता विकासमा होइन, केवल प्रमाणपत्र वितरणमा सीमित छन्।’
सिंहले सामुदायिक र निजी विद्यालय दुवैको गुणस्तरमा सुधार गर्न स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतले सक्रिय भूमिका लिनुपर्नेमा जोड दिए।
सभामा नगर प्रमुख प्रदीपकुमार खड्काले आर्थिक वर्ष २०८२÷८३ का लागि ४५ करोड २७ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।