मिडियाहरुलाई नियमन गर्न आवश्यक छः मुख्यमन्त्री आचार्य
२०८२ असार १० मंगलवार
- अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार कुनै पनि मिडियाको र प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न नचाहाने भन्दै ,तर नियमनको जरुरी रहेको बताएका हुन् ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज आचार्यले प्रेस स्वतन्त्रलाई नियमन गर्न आवश्यक रहेको बताएका छन् ।
मंगलबार पोखरामा आयोजित प्रमाणमा आधारित पत्रकारिताको लागि सूचनाको हक विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार कुनै पनि मिडियाको र प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न नचाहाने भन्दै ,तर नियमनको जरुरी रहेको बताएका हुन् ।
उनले भने,‘सूचनाको हक पाउने अधिकार सबैलाई छ । संविधानले दिएकै कुरा छ । तर त्यो सूचनाको हक लिइसकेपछि प्रमाणमा आधारमा पत्रकारिता भएर प्रसारण भएको छ कि छैन् यसमा पनि हामीले छलफल गर्नुपर्छ । सरकार कुनै पनि मिडियाको अथवा प्रेस स्वतन्त्रलाई नियन्त्रण गर्न चाहादैन् ,तर नियमनको जरुरी छ । अहिलेको नेपालको पत्रकारिता जगतमा अत्यन्तै आवश्यक कुरा भनेको नियमन हो । स्वतन्त्रता छाडातन्त्र पनि होइन् । स्वतन्त्रताको आफ्नै परिभाषा छ नि ।’
त्यस्तै उनले सामाजिक सञ्जालमा लेखेको भरमा सत्य तथ्य नबुझी मिडियाहरुले त्यसैलाई आधार मानेर समाचार सम्प्रेसन गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’