मधेश प्रदेशको बजेटमा नयाँपन छैन्, गन्तब्यमा पुग्दैन् : सांसद यादव
२०८२ असाढ ५ बिहिवार
- हालै प्रस्तुत बजेटको सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै सांसद यादवले अहिलेको बजेट कुनै गन्तव्यमा पुग्न नसक्ने खालको रहेको धारणा राखेका छन् ।
जनकपुर : जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेश सांसद रामअशिष यादवले जनमत नेतृत्वको सरकारले ल्याएको प्रदेशको बजेटलाई असन्तुलित तथा दिशाहीन बजेटको संज्ञा दिएका छन् ।
हालै प्रस्तुत बजेटको सन्दर्भमा आफ्नो धारणा व्यक्त गर्दै सांसद यादवले अहिलेको बजेट कुनै गन्तव्यमा पुग्न नसक्ने खालको रहेको धारणा राखेका छन् ।
उनले नीति तथा कार्यक्रम र बजेट बक्तव्य दुबैमा थुप्रै भिन्नता रहेको बताए । नीति तथा कार्यक्रममा कृषि तथा शिक्षालाई प्राथमिकता दिइएको भएपनि बजेट बक्तव्यमा भने कृषिलाई सबैभन्दा पछाडि राखिएको उनको आरोप छ ।
कृषिमा २ अर्ब ८३ करोड र भौतिक पूर्वाधार विकासमा करिब १६ अर्ब रुपैयाँ तोकिएको छ । यसले नीति तथा कार्यक्रम र बजेट बक्तव्यको तालमेलमा धेरै फरक देखियो र नियत पनि देखियो,’ सांसद यादवले भने ।
नारै नाराले भरेको नीति तथा कार्यक्रमलाई अहिलेको बजेट बक्तव्यले पूरा गर्न नसक्ने उनले आरोप लगाएका छन् । अहिलेको प्रदेश सरकारले मधेशका जनतालाई गुम्राहमा राख्न खोजेको सांसद यादवले बताए । उनले कंङक्रिट प्रदेश निर्मार्णतर्फ अहिलेको बजेट केन्द्रित गरिएको उनको आरोप छ ।
कृषि र शिक्षालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको भए यो बजेट आशावादी हुने उनले बताए । बेटी बचाउ बेटी पढाउ, किशोरी बीमालगायत मधेश गौरवका योजनाहरुलाई अहिलेको सरकारले निरन्तरता नदिएकोमा सांसद यादवले गुनासो गरे ।
त्यस्तै उनले अहिलेको बजेटमा नयाँपन केही पनि नरहेको आरोप लगाएका छन् । साधारण खर्च र वित्तिय व्यवस्थापन खर्च न्यून राखी पुँजीगत खर्चमा वृद्धि गर्नुको साटो यसको ठिक विपरीत गरेर प्रदेश सरकारले आफूलाई पूर्ण रुपमा असफल तुल्याएको उनले भनाई छ । यो बजेटले मधेशको कुनै हालतमा कल्याण नहुनेमा उनी विश्वस्त रहेको सांसद यादवले धारणा राखेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
-
आर्थिक कारणले नै दसैँ कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा सचेत छौँ- प्रधानमन्त्री शाह
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’