संसदीय अभ्यासलाई सुदृढ पार्न पत्रकारहरूको भूमिका महत्वपूर्ण’
२०८२ असाढ ५ बिहिवार
- दुई दिनसम्म सञ्चालन भएको तालिममा बागमती प्रदेशका मकवानपुर जिल्लाबाट आएका ३० जना भन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए।
मकवानपुर : बागमती प्रदेश सभाको आयोजनामा सम्पन्न ‘संसदीय पत्रकारिता तालिम’ विहीबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, मार्खुमा समापन भएको छ ।
दुई दिनसम्म सञ्चालन भएको तालिममा बागमती प्रदेशका मकवानपुर जिल्लाबाट आएका ३० जना भन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको उद्देश्य प्रदेशसभाको कार्यविधि, कानुनी प्रक्रिया, बजेट निर्माण र कार्यान्वयन प्रणाली, सांसदहरूको भूमिका तथा पत्रकारिताको उत्तरदायित्वबारे जानकारी दिएका थिए । तालिममा प्रदेशसभा सचिवालयका उच्च पदस्थ अधिकारी, कानुनविद् र सञ्चार विज्ञहरूले सहजीकरण गरेका थिए ।
समापन समारोहमा बोल्दै बागमती प्रदेश सभा सभामुख भुवनकुमार पाठकले प्रदेश स्तरको संसदीय अभ्यासलाई सुदृढ पार्न पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । उनले सत्य, तथ्य र विश्लेषणमा आधारित संसदीय रिपोर्टिङ प्रदेशको लोकतान्त्रिक अभ्यासका लागि अपरिहार्य भएको बताए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले यस्तो खालको तालिमले संसदीय गतिविधिलाई अझ प्रभावकारी ढंगले रिपोर्ट गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिएका थिए। तालिममा सहभागी पत्रकारहरूलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम समापन गरिएको थियो ।
तालिम बागमती प्रदेशसभा सचिवालय तथा अन्य पत्रकार संगठनहरूको सहकार्यमा सम्पन्न भएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।