बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले
२०८२ असार ०२ सोमवार
- आइतबार साँझ प्रदेश सरकारले प्रस्तुत गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट कार्यान्वयनमा ढिला भएको स्वीकार गरेका हुन् ।
हेटौंडा : बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनमा देखिएको ढिलाइको प्रमुख कारण संरचनागत कमजोरी र कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन् ।
आइतबार साँझ प्रदेश सरकारले प्रस्तुत गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट कार्यान्वयनमा ढिला भएको स्वीकार गरेका हुन् ।
मन्त्री काफ्लेले भने, ‘हामीले कार्यान्वयन पक्षको संरचनागत विकास र कानुनी कारणले गर्दा कार्यान्वयन गर्नलाई ढिला भएको स्वीकार गरेका छौं। तर, हामी त्यसलाई समधान गर्दै अगाडि बढिरहेका छौं भने बजेट कार्यान्वयन अवश्य हुन्छ ।’
हाल प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको कार्यान्वयनमा विभिन्न तहबाट प्रश्न उठिरहेका बेला मन्त्री काफ्लेको यो अभिव्यक्ति आएको हो । उनले समयमै काम सुरु गर्न ढिलाइ भए पनि प्रदेश सरकारले बजेटका सबै कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेका छन् ।
प्रदेशसभा र सरोकारवाला निकायबाट बजेट कार्यान्वयनको प्रभावकारिता र पारदर्शिता सुनिश्चित गर्न दबाब बढिरहेका बेला मन्त्री काफ्लेले कार्यान्वयन पक्षलाई अझ प्रभावकारी बनाउने पहल भइरहेको जानकारी दिए ।
प्रदेश सरकारका योजनाहरू समयमै लागू गर्न, सम्बन्धित निकायहरूको क्षमता अभिवृद्धि तथा कानुनी प्रक्रियाहरूलाई सहज बनाउनेतर्फ मन्त्रालयले प्राथमिकता दिइरहेको उनको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।