मधेश प्रदेशको नाम जनक र जानकी प्रदेश राखेको भए राम्रोहुन्थ्यो : देउवा
२०८२ जेठ २३ शुक्रवार
- शुक्रबार उक्त भवनको उद्घाटन गर्दै सभापति देउवाले मैथिली लोक परमपराको संरक्षण स्थलको रुपमा निर्माण गरिएको सो भवनले नयाँ पुस्ताका लागि ज्ञान, सीप र कलाको केन्द्रको रुपमा स्थापना हुने विश्वास व्यक्त गरे ।
जनकपुर : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनकपुरधामस्थित मैथिली विकास कोषको नवनिर्मित मैथिली भवनको उदघाटन गरेका छन् ।
शुक्रबार उक्त भवनको उद्घाटन गर्दै सभापति देउवाले मैथिली लोक परमपराको संरक्षण स्थलको रुपमा निर्माण गरिएको सो भवनले नयाँ पुस्ताका लागि ज्ञान, सीप र कलाको केन्द्रको रुपमा स्थापना हुने विश्वास व्यक्त गरे ।
मैथिली भाषा संविधानमा दर्ज राष्ट्रिय भाषा रहेकाले यसको विकास र संरक्षणमा बढि जोड दिनुपर्ने उनले बताए । मधेश प्रदेशको नामांकरण जनक र जानकी प्रदेश राखेको भए अझः राम्रो हुन्थ्यो भन्ने धारणा उनले व्यक्त गरे ।
उनले जनकपुरधाम र जानकी माताको महत्वबारे चर्चा गर्दै जनकपुरधामको धर्ती महान रहेको उल्लेख गरे ।
कार्यक्रममा कोषका अध्यक्ष जीवनाथ चौधरीले जनकपुरधामको विकासका लागि जनकपुरदेखि अयोध्यासम्म रेल चलाउन केन्द्र र प्रदेश सरकारले पहल गरिदिन आग्रह गरेका थिए ।
उनले मधेशमा बोलिने सबैभन्दा बढी मैथिली भाषालाई कामकाजको भाषा बनाउन आग्रह गरे ।
मधेश प्रदेश सरकारको सात करोड रुपैयाँको लागतमा निर्माण मैथिली विकास कोषको भवनमा सांस्कृतिक कला, सभ्यता झल्काउने कार्यक्रम, गोष्ठी, सम्मलेन हुने अध्यक्ष चौधरी जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पार्टी बैठक राख्नेबारे हर्कको जवाफ– अरू पार्टीजस्तो होइन, श्रमदान नै हाम्रो बैठक हो
-
काठमाडौँमा ग्यासको चरम अभाव, महानगर प्रहरीले वितरणमा सहजीकरण गर्दै
-
सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट
-
योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाम पार्टीभित्र किन रडाको ?
-
सुनसरी घटनाका: उपचारको क्रममा अर्को एक जना युवकको मृत्यु
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।