असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने
२०८२ जेठ १९ सोमवार
- शिक्षा तथा संस्कृतिमन्त्री रानी तीवारीले सोमबार पत्रकारसम्मेलनमार्फत असार १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्न लागेको जानकारी दिएकी छन् ।
जनकपुर : मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ ।
शिक्षा तथा संस्कृतिमन्त्री रानी तीवारीले सोमबार पत्रकारसम्मेलनमार्फत असार १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्न लागेको जानकारी दिएकी छन् ।
उनले प्रदेश र देशको शिक्षा प्रणालीलाई यथार्थपरक, समावेशी र भविष्यमुखी बनाउने दिशामा नयाँ बहस र मार्ग चित्रको सुरुवात गर्ने उद्देश्यले सम्मलेन गर्न लागेको जानकारी दिइन ।
मधेश प्रदेशलाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु, सम्भावनाहरु मागि गहिरो छलफल, अभ्यासहरु आदान प्रदान र सहकार्यमा आधारित नवप्रवर्तनशील रणनीतिहरु निर्माण गर्न यो सम्मलेनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री तिवारीले बताइन् ।
सम्मेलनमा सातवटै प्रदेशका शिक्षामन्त्री तथा सचिवहरु, संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिहरु, संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यहरु, विश्वविद्यालय, अनुसन्धान संस्था र शिक्षा विज्ञहरु, शिक्षक संघ, विद्यार्थी संगठन, नागरिक समाजहरुको उपस्थिती हुने मन्त्री तिवारीले जानकारी दिइन् ।
सम्मेलनले शिक्षा क्षेत्रमा क्रियाशील रहेका सरकारी निकाय, दातृ संस्था, अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, शैक्षिक संस्था, नागरिक समाज र शिक्षाविद्हरुलाई एउटै साझा मञ्चमा ल्याएर शिक्षा सुधारका पक्षहरुबारे छलफल गर्ने जनाइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवाका विभिन्न क्षेत्रमा बाढीपछि अवरुद्ध भएको विद्युत पुन: सुचारु
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।