पोखरामा ‘राइड सेयरिङ’लाई मान्यता दिएकोमा विरोध, यातायात प्रभावित
२०८२ जेठ १७ गते शनिबार
- शुक्रबारदेखि त्यसको विरोधमा उत्रेका यातायात व्यवसायीहरुको आन्दोलन शनिबार पनि जारी छ । आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् ।
काठमाडौं : गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको विरोधमा व्यवसायीले शनिबार पनि पोखरामा आन्दोलन जारी राखेका छन् ।
शुक्रबारदेखि त्यसको विरोधमा उत्रेका यातायात व्यवसायीहरुको आन्दोलन शनिबार पनि जारी छ । आन्दोलनमा कारण पोखरामा कम संख्यामा सवारी साधन गुडेका छन् ।
प्रदेश सरकारले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ को दफा १३ को प्रयोजनको लागि दफा २२१ ले दिएको अधिकार प्रयोग गर्दै बैशाख अन्तिममा राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ जारी गदै राजपत्रमा प्रकाशित गरेको थियो ।
गण्डकीमा राइड सेयरिङ वा सेल्फ ड्राइभले कानूनी मान्यता पाएपछि त्यसको विरोधमा यातायात व्यवसायी उत्रेका हुन् । तीन सुत्रीय माग राख्दै यातायात व्यवसायीले सार्वजनिक यातायात बचाउ संघर्ष समिति २०८२ गठन गरेका छन् ।
सोही संघर्ष समितिले शुक्रबारदेखि गण्डकी प्रदेसमा सार्वजनिक यातायात बन्द गरेका छन् भने माग पुरा नभए १९ गतेदेखि देशभर यातायात बन्द गर्ने बताएका छन् । बन्दको प्रभाव सामान्य परेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’