पीएएन मधेश प्रदेश अधिवेशन जनकपुरधाममा हुने

२०८२ जेठ १५ गते बिहिबार
सारांश
  • पीएएन मधेश प्रदेश समितिका अध्यक्षसमेत रहेका यज्ञबल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकुप)का प्रधानाध्यापक सञ्जय झाले यही जेठ १७ गते प्रदेश अधिवेशन हुने जानकारी दिए ।

जनकपुर : प्रधानाध्यापक संघ नेपाल –पीएएन)मधेश प्रदेश समितिको अधिवेशन जनकपुरधाममा हुने भएको छ ।


पीएएन मधेश प्रदेश समितिका अध्यक्षसमेत रहेका यज्ञबल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकुप)का प्रधानाध्यापक सञ्जय झाले यही जेठ १७ गते प्रदेश अधिवेशन हुने जानकारी दिए । 


सो अधिवेशनमा हरेक जिल्लाबाट २५ जना प्रतिनिधि गरी २५० जना सहभागी रहने उनले जानकारी दिए । अधिवेशनमा सामुदायिक विद्यालयसंग सम्वद्ध रहेका व्यक्तित्वहरुलाई सम्मानित गरिने समेत बताए ।


विद्यालयका कार्यालय सहयोगीदेखि विद्यालयका कर्मचारी, विभिन्न तहका शिक्षक, प्रधानाध्यापकहरुलाई सम्मानित गरिने उनले जानकारी दिए ।


त्यस्तै, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी तथा विभिन्न पालिकाका जनप्रतिनिधिहरुलाई समेत सम्मानित गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।


अधिवेशनमा मुख्यमन्त्री सतीशकुमार सिंह, शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीलगायतको उपस्थिती रह्ने उनले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार