बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुप्रती सत्तारुढ दलहरुकै सांसदहरुको गुनासो

२०८२ जेठ ७ बुधबार
सारांश
  • सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले चालु आर्थिक वर्षमा मात्र लाखौका महंगा गाडी खरिद गर्ने, सुविधाका सामान धेरै खरिद गर्ने तर, विपदमा परेका नागरिकका समस्यामा सरकारको उपस्थिती देखाउन नसकेको नेकपा एमालेका बामगती प्रदेशका एक सांसदले गुनासो गरे ।

हेटौंडा : बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुप्रती सत्तारुढ दलहरुकै सांसदहरु निकै गुनासो गर्न थालेका छन् ।  सरकारमा गएपछी मुख्यमन्त्री र मन्त्रीहरुले पार्टीमा र पार्टीकै सांसदहरुलाई वेवास्ता गरेर काम गरिरहेको उनीहरुको गुनासो छ ।


सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले चालु आर्थिक वर्षमा मात्र लाखौका महंगा गाडी खरिद गर्ने, सुविधाका सामान धेरै खरिद गर्ने तर, विपदमा परेका नागरिकका समस्यामा सरकारको उपस्थिती देखाउन नसकेको नेकपा एमालेका बामगती प्रदेशका एक सांसदले गुनासो गरे ।


अहिलेका मुख्यमन्त्री र मन्त्रीहरु सधै स्थायीरुपमानै अहिलेको पदमा बस्न पाइन्छ भन्ने सोचका साथ काम गरेको बताउँदै ती सांसदले भने–‘पद अस्थायी चिज हो । अहिले सरकारमा गएर रवाफ देखाएपनि पछी हामी जस्तै अवस्थामा बस्नुपर्ने हुन्छ । त्यसैले सुविधमा रमाउने भन्दा पनि जनताको सेवा गर्नुपर्छ ।’


बिशेषगरी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला मन्त्री, भौतिक पूर्वाधार मन्त्री र अरु मन्त्रीहरु प्रदेशभरीका जनताको मन्त्री भएकाले आफ्ना निर्वाचन क्षेत्रको मात्र मन्त्री भन्ने मानसिकता त्याग गरेर काम गर्नका लागि प्रदेशका सांसदहरुको सुझाव रहेको छ । मन्त्री प्रदेशको भन्ने तर, आफ्ना निर्वाचन क्षेत्रमा बजेट हाल्ने र सरकारमा रहेका सांसदहरु पनि जनप्रतिनिध भएकाले उनीहरुप्रति पनि जनताको अपेक्षा रहन्छ भन्ने कुरा नबुझ्ने परिपाटी रहेको नेपाली कांग्रेसका सांसदले बताए ।


अहिले प्रदेश सरकारका मन्त्रीहरु बजेट बनाउने तरखरमा लागेकाले बजेट आवश्यताका आधारमा योजना बैक मार्फत बजेट हाल्ने भन्दा पनि बिचौलियाको सेटिङमा बजेट पार्नका लागिपरेको एमालेका एक सांसदले बताए । यता मन्त्रीहरुले भने आफुहरुले प्रदेशका जनताको समग्र हितका निम्ति काम गरिरहेको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार