ऐतिहासिक दूधमति नदी संरक्षणका लागि प्रदेश सरकारद्वारा पदाधिकारीहरुको कार्यक्षेत्र तोकियो
२०८२ जेठ ७ बुधबार
- दूधमति नदी उत्खन्न तथा विकास कार्य कार्यान्वय उपसमितिको बुधवार बसेको बैठकबाट उत्खन्न र विकास निर्माण कार्य व्यवस्थित रुपले अघि बढाउन उपसमितिका पदाधिकारीहरुले विभिन्न जिम्मेवारीहरु बाँडफाँट गर्नुका साथै निर्णहरु सर्वसम्मतबाट पारित गरेका छन् ।
जनकपुर : मधेश प्रदेशको ऐतिहासिक महत्व बोकेको दुधमति नदी संरक्षण र सौन्दर्यकरणका लागि उत्खन्न तथा विकास कार्य तिव्रगतिमा अघि बढाउन गठन हुने विभिन्न समितिका पदाधिकरीहरुको कार्यक्षेत्र र सेवा सुविधा र कर्मचारी नियुक्त सहितको प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ ।
दूधमति नदी उत्खन्न तथा विकास कार्य कार्यान्वय उपसमितिको बुधवार बसेको बैठकबाट उत्खन्न र विकास निर्माण कार्य व्यवस्थित रुपले अघि बढाउन उपसमितिका पदाधिकारीहरुले विभिन्न जिम्मेवारीहरु बाँडफाँट गर्नुका साथै निर्णहरु सर्वसम्मतबाट पारित गरेका छन् ।
गठन हुने भनिएको व्यवस्थापन समिति, प्रचार प्रसार समिति र प्राविधिक समूहका पदाधिकारीहरुको काम कर्तव्य, अधिकार र सेवा सुविधा सहित कर्मचारी नियुक्ति गर्ने बारे निर्णय गरियो । यसका साथै स्थापना गरिने कार्यालयका लागि आवश्यक पर्ने सामाग्री खरीद र दूधमति नदी तथा पोखरीमा डुङ्गा चलाउने निर्णय समेत गरिएको छ ।
यसअघिको बैठकमा दूधमति नदीको उत्खन्न र विकास निर्माण कार्य अघि बढाउन व्यवस्थापन समिति, प्राविधिक समूह र प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरिएको थियो । कार्य तिव्रगतिमा अघि बढाउन पहिलो चरणमा नदीको बहाव क्षेत्र छुटयाउन बोलपत्र आह्वान समेत भइसकेको छ ।
धार्मिक रुपले धनुषा र महोत्तरी जिल्ला जोड्ने कूल ४४ किलोमीटरको दूरीमा बहाव क्षेत्र रहेका दूधमति नदीको पहिलो चरणमा उद्गम स्थलदेखि साढे ६ किलोमीटरसम्म नाप नक्सा भई जग्गा छुट्याएर उत्खन्न कार्य अघि बढाइने उपसमितिका संयोजक एवं सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले जानकारी दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’