- बुधवार बसेको कोसी प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै कार्कीले संघ र प्रदेश दुवै सरकारले सुशासनको धेरै चर्चा गरे पनि त्यसको व्यवहारमा उल्टो गतिविधि भइरहेको उल्लेख गरेका हुन् ।
विराटनगर : कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभा सांसद केदार कार्कीले सीमावर्ती क्षेत्रमा सुशासनको नाममा दिनमा सामान्य यात्रुलाई रोक्ने र रातिको समयमा अवैध रूपमा ट्रकका ट्रक सामान भित्र्याउने कार्य व्यापक रूपमा भइरहेको गम्भीर आरोप लगाएका छन् ।
बुधवार बसेको कोसी प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै कार्कीले संघ र प्रदेश दुवै सरकारले सुशासनको धेरै चर्चा गरे पनि त्यसको व्यवहारमा उल्टो गतिविधि भइरहेको उल्लेख गरेका हुन् ।
‘सुशासनको कुरा धेरै भयो । लामो समय कांग्रेस दलका नेताले पनि सदनमा सुशासनको कुरा गर्नुभयो । नाकामा हुने झोलेपोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ ।
म आफैँ केही दिनअघि राति निरीक्षणमा जाँदा रानीको अरुण सिनेमा हल नजिकैको गल्लीबाट ठेलामा सरसामान भित्राने गरेको देखेँ । प्रहरी आफैँले लाइट बालेर गाडी पास गराउँदा रहेछन् । हामी राजस्वको दायरा बढाऊँ भन्छौँ । कपालभन्दा माथि उडेको हावाको कर लिने ?, उनले भने ।’
उनले यस्तो गतिविधिले राजस्व सङ्कलनमा गम्भीर असर पारिरहेको भन्दै प्रदेश सरकारले संघ सरकारसँग मिलेर सशक्त रूपमा हस्तक्षेप गर्नुपर्ने बताए ।
कार्कीले हालै विराटनगरमा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठीको अध्यक्षता गृह मन्त्रालयका सचिवले गरेकोप्रति पनि आपत्ति जनाएका हुन् । उनले प्रदेश सरकारले दाशत्व स्वीकार गरेको बताएका हुन् ।
अघिल्लो अभ्यास अनुसार यस्तो बैठकको अध्यक्षता प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीले गर्ने परम्परा रहेको स्मरण गराउँदै उनले भने, ‘अघिल्ला बैठकहरूमा प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीले अध्यक्षता गर्ने अभ्यास थियो । म आफैँ आन्तरिक मामिला मन्त्री छँदा अध्यक्षता गरेको हो, उनले भने ।’
पूर्वमुख्यमन्त्रीको वक्तव्यपछि सरकारका तर्फबाट जवाफ दिएका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले गृह सचिवको अध्यक्षताका सम्बन्धमा नीतिगत व्यवस्थामा गृह सचिवले नै अध्यक्षता गर्ने व्यवस्था रहेको जनाए ।
बैठकमा गृह सचिव भन्दा माथिल्लो हैसियतमा रहेर कोशीका मुख्यमन्त्री र आफूले समेत निर्देशन जारी गरेको उल्लेख गर्दै दासत्व स्वीकार गरेको भन्न नमिल्ने जनाएका हुन् ।
कोशीको प्रदेशसभामा मंगलबारदेखी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।