कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, छलफल आजबाट

२०८२ जेठ ६ मंगलबार
सारांश
  • प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणलाई मूल लक्ष्य बनाएको स्पष्ट पारे ।

विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 


प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणलाई मूल लक्ष्य बनाएको स्पष्ट पारे ।


प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहको पारदर्शिता र प्रभावकारिता, र विधिको शासनलाई सुदृढ गर्ने विभिन्न रणनीतिहरू अघि सारेको छ । मुख्यमन्त्री ड्यासबोर्ड सुधार, गुनासो सुनुवाइ प्रणाली सशक्तीकरण, र कर्मचारी मनोबल अभिवृद्धिका कार्यक्रमहरू पनि प्राथमिकतामा छन् । 


प्रदेशभर सडक, पुल, झोलुङ्गे पुल, भवन, खानेपानी र सिँचाइ पूर्वाधार निर्माणमा तीव्रता दिइनेछ । प्रादेशिक सडक सञ्जाल गुरुयोजना र सौर्य÷जलविद्युत परियोजनामा लगानी बढाइने नीति कार्यक्रममा उल्लेख रहेको छ । 


रैथाने बालीको संरक्षण, उन्नत बीउ प्रवद्र्धन, जैविक खेतीमा जोड, पशुपन्छीका रोग नियन्त्रण, वनजन्य उद्योग प्रवद्र्धन, जडीबुटी व्यवसायिकरण र सहरी वन विकासलाई विशेष प्राथमिकता दिइएको छ ।


सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, नमूना विद्यालयका रूपमा धनकुटा आवासीय विद्यालय विकास, महिला र बालबालिकाको पोषण, स्वास्थ्य पहुँच तथा स्वास्थ्य विमामा जोड, हृदयरोग अस्पताल, आयुर्वेद अस्पताल र मोबाइल अस्पताल सेवा विस्तार गरिने उल्लेअ गरिएको छ ।


उद्यमशीलताको प्रवद्र्धन, स्टार्टअप कार्यक्रम, एक निर्वाचन क्षेत्र एक विशेष उद्यम कार्यक्रम, र युवा लक्षित सूचना प्रविधि आधारित रोजगारी योजनाहरू अघि सारिएका छन् । साना तथा मझौला उद्यममा पहुँचका लागि बैंकिङ सहजीकरण गरिनेछ ।


वातावरणीय प्रभाव मूल्याङ्कन, हरियाली विस्तार, चुरे संरक्षण, नदीजन्य पदार्थको व्यवस्थापन, र हरित ऊर्जा प्रवद्र्धन योजनाहरू समावेश छन् । कोशी पर्यटन वर्ष २०८२ मा पदमार्ग, धार्मिक स्थल, प्राकृतिक र ऐतिहासिक क्षेत्रहरूमा लगानी बढाइनेछ । कोशी र खुवालुङ क्षेत्रको विशेष विकास योजना अघि बढाइनेछ उल्लेख गरिएको छ । 


प्रदेश सरकारले यस कार्यक्रमलाई नागरिकको विश्वास जित्ने साधन बनाउने प्रतिबद्धता जनाएको छ । भने संक्षिप्त प्रतिकृयाहरु जनाउँदै विपक्षीहरुले कार्यक्रम कर्मकाण्डी रुपमा प्रस्तु भएको जनाएका छन् । 


सोमबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि मंगलबारबाट सभामा छलफल सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार