माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश

२०८२ जेठ ४ आइतबार
सारांश
  • मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।

दैलेख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली आज सुदूरपश्चिमबाट कर्णाली प्रदेशमा पुगेको छ । 


मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो । 


बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त झण्डा सुदूरपश्चिम इञ्चार्ज गिरिराजमणि पोखरेल नेतृत्वको टिमले कर्णाली इञ्चार्ज कालीबहादुर मल्ल नेतृत्वमा रहेको टिमलाई हस्तान्तरण गरेका छन् । 


कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष ‘प्रचण्ड’ सहितको टोलीलाई भव्य स्वागत गरेका छन् । अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेशप्रति धन्यवाद व्यक्त गर्दै राकम पुल हुँदै सुर्खेतबाट कर्णाली प्रदेशमा प्रवेश गरेका हुन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार