दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय
२०८२ बैशाख ३१ बुधबार
- मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा दूधमति उत्खनन् तथा विकास आयोजनालाई अघि बढाइएको जानकारी दिए । कार्यविधि पारित भई नक्सांकन, सिमांकनको काम सम्पन्न भई डिपिआर अन्तिम चरणमा रहेको उनले बताए ।
जनकपुर : धनुषा र महोत्तरी जिल्ला जोड्ने धार्मिक महत्व बोकेका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण अन्तर्गत उत्खनन् तथा विकास कार्य तिव्रगति अघि बढाउन थालिएको छ ।
मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा दूधमति उत्खनन् तथा विकास आयोजनालाई अघि बढाइएको जानकारी दिए । कार्यविधि पारित भई नक्सांकन, सिमांकनको काम सम्पन्न भई डिपिआर अन्तिम चरणमा रहेको उनले बताए ।
अझ तिव्रगतिमा काम अघि बढाउन र व्यवस्थापन तथा प्रचार प्रसारका लागि विभिन्न समितिहरू गठन प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
बुधवार दुधमति नदी उत्खनन् तथा विकास कार्य उपसमितिको बसेको बैठकबाट नदी उत्खनन् तथा विकास कार्य व्यवस्थापनको कार्य तिव्रगतिमा अघि बढाउन विभिन्न समितिहरू गठन गरिने निर्णय गरिएको हो ।
आयोजनालाई प्रभावकारी रुपमा संचालन तथा व्यवस्थापन तथा प्रचार प्रसारका लागि दुधमति नदी उत्खन्न तथा विकास कार्यविधि, २०८१ को दफा ७ (ख) बमोजिम व्यवस्थापन समिति, प्राविधिक समिति र प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरिएको जनाइएको छ ।
सो समितिहरूले आयोजना कार्यान्वयनको क्रममा देखा पर्न सक्ने संभावित प्राविधिक जोखिम, जटिलता र कठिनाईलाई समयमा नै पत्ता लगाई समाधानका लागि आवश्यक सुझाव उपसमितिलाई सिफारिश गर्ने एवम् दुधमती नदीको ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वलाई प्रचार प्रसार गरी आकर्षक पर्यटकीय गन्तव्यको रुपमा देश र विदेशमा प्रचार प्रसार उर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय मातहत रहेर गर्नेछ ।
समितिका पदाधिकारीहरुको नियुक्ति, कार्यक्षेत्रगत शर्त एवम् पारिश्रमिक सम्बन्धी आवश्यक कुरा सम्बन्धमा उपसमितिको आगामी बस्ने बैठकबाट निर्णय गरिने निर्णय गरिएको उपसमितिका संयोजक समेत रहेका ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जानकारी दिएका छन् ।
दुधमती नदी उत्खन्न तथा विकास आयोजनालाई नतिजामूखी एवम् निर्धारित समयमा सम्पन्न गर्न, नियमित प्रशासकीय, प्राविधिक तथा व्यवस्थापकीय कार्यहरु गर्नका लागि आयोजनाको उदगम् स्थल नजिक पायक पर्ने स्थानमा आयोजनाको नामबाट कार्यालय स्थापना गर्न मन्त्रालय समक्ष सिफारिश गर्ने निर्णय समेत गरिएको छ ।
दुधमती नदी उत्खन्न तथा विकास आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न स्वीकृत बहुवर्षीय आयोजनाको लागत अनुमान बमोजिम आवश्यक बजेट प्राथमिकताका साथ अगामी वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गराउने निर्णय पनि गरिएको मन्त्री यादवले जानकारी दिएका छन् ।
बैठकमा उपसमितिका सदस्य समेत रहेका धनुषा महोतरीका सशस्त्र र नेपाल प्रहरीका प्रहरी नायब निरिक्षक, मालपोत कार्यालय धनुषाका प्रमुख, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी क्षिरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादव, उपमेयर रचना माथेमा, लक्ष्मिनिया गाउंपालिकाका उपमेयर फुलकुमारी र सम्बन्धित पालिकाका वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।