अस्पतालपछि विद्यालयहरुको अनुगमन गर्दै मुख्यमन्त्री सिंह
२०८२ बैशाख ३० मंगलबार
- अभिभावकहरुको गुनासो आउन थालेपछि शैक्षिकस्तर सुधार गर्न मुख्यमन्त्री सिंह विद्यालयहरुको अनुगमनमा निस्किएका छन् ।
जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पतालहरुको अनुगमन पछि अब विद्यालयहरुको अनुगमन सुरु गरेका छन् ।
अभिभावकहरुको गुनासो आउन थालेपछि शैक्षिकस्तर सुधार गर्न मुख्यमन्त्री सिंह विद्यालयहरुको अनुगमनमा निस्किएका छन् ।
सो क्रममा उनले मंगलबार धनुषाको हंसपुर नरगपालिकास्थित सामुदायिक विद्यालयहरुको अनुगमन गरेका छन् । मुख्यमन्त्री सिंहले विद्यालयका भौतिक संरचना, शिक्षकको उपस्थित, विद्यार्थीहरुको पढाई, विद्यालयका समस्याहरुबारे जानकारी लिएका छन् ।
उनले कक्षा कोठाभित्रै पुगेर विद्यार्थीहरुसंग पढाइ लेखाइका बारेमा कुरा गरेका छन् । साथै उनले अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुसंग छलफल गरेका छन्
मुख्यमन्त्री सिंहले शिक्षकहरुलाई समयमा विद्यालय आउन र विद्यार्थीहरुको पठन पाठनमा ध्यान दिनुका साथै नियमीत गृहकार्य दिएर कापी चेक गर्न निर्देशन दिए ।
उनले अभिभावकहरुलाई आआफ्नो छोराछोरीले कक्षा कोठामा पढेका कुराहरु घरमा चेक गर्न आग्रह गरे । उनले छोराछोरी विद्यालय गएकी गएन्न, गृहकार्य गरेकी गरेनन् लगायत चेक गर्न अभिभावकहरुलाई आग्रह गरे ।
मुख्यमन्त्री सिंहले विद्यालयहरुमा देखिएका भोतिक संरचना, खानेपानी, सौचालय लगायतका समस्या समाधान गर्न स्थानीय तहसंग समन्वय गर्नुका साथै प्रदेश सरकारको तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’