बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त

२०८२ वैशाख २९ सोमवार
सारांश
  • सोमबार बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा लम्किरहेका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्व विकास र शान्तिको खोजीमा रहेको भन्दै गौतम बुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताएका छन् । 


सोमबार बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा लम्किरहेका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् । 


उनले आज विश्व शान्ति र अहिंसाको खोजीमा रहेको भन्दै सुन्दर, विशाल र शान्त  भूमिमा जन्मिएर गौतम बुद्धले देखाएका सत्मार्गलाई आत्मसाथ गरेर अघि बढ्न सके संसार शान्तिको बाटोमा उभिन सक्ने विश्वास व्यक्त गरे । 


उनको दिव्य ज्ञानलाई विश्वका कुनाकुनामा फैलाउन सके नेपालको मात्र नभई, विश्वकै उन्नति र प्रगति हुने आशा व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले शान्तिका प्रतीकका रूपमा रहेका महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु र यहाँबाट हामीले शान्तिको सन्देश विश्वभर फैलाउन सक्नु हाम्रो गौरवको विषय भएको बताए । 


मुख्यमन्त्री कार्कीले नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक रहेको स्मरण गर्दै यो विविधता बीचमा बुद्धले हुर्काएको बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति भएको बताए । 


बुद्धको दर्शनलाई हामीले संसारभर फैलाउँदै समृद्धिको यात्रालाई बल पु¥याउन सकिने कार्कीले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार