नेपाललाई एकतामा बाँध्न सञ्चार माध्यमहरुको सवलीकरण जरुरी : सञ्चारमन्त्री गुरुङ
२०८२ वैशाख २९ सोमवार
- सोमबार नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो कार्यालय उद्घाटन गर्दै मन्त्री गुरुङले विविधतामा रहेको नेपाललाई एकतामा बाध्न सञ्चार माध्यमहरु सवलीकरण जरुरी भएको बताए ।
सुर्खेत : नेपाल सरकारका सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको संस्थागत विकार र संघीयता कार्यान्वयका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
सोमबार नेपाल टेलिभिजनको कर्णाली प्रदेश ब्युरो कार्यालय उद्घाटन गर्दै मन्त्री गुरुङले विविधतामा रहेको नेपाललाई एकतामा बाध्न सञ्चार माध्यमहरु सवलीकरण जरुरी भएको बताए ।
बढ्दो प्रविधिको बिकाससंगै सञ्चार माध्यममा नवीनतम् प्रविधी र विश्वसनीय सूचनाका लागि सरकारी सञ्चार माध्यम समयानुकुल परिस्कृत गर्दै आउनुपर्नेमा जोड दिए ।
‘प्रविधीको प्रयोगले हाम्रा सञ्चार माध्यमहरुमा पनि नयाँ प्रविधीसंगै संघीयता अनुरुप संरचनाहरु पनि बढाउदै जानु परेको हो’ उनले भने, ‘कर्णालीका समाचारहरु संसारभर फैलाउन र संघीयताको मर्म अनुरुप ब्ुयरो कार्यालय राख्नु परेको हो ।’
सार्वजनिक प्रशारण सेवाले आमनागरिकलाई समयमै विश्वसनीय सूचना प्रवाह गर्नु भएकाले सोही अनुरुप सरकार ती संरचनाको गुणस्तर विकासमा लागेको बताए ।
कर्णाली प्रदेश सरकारले अघि सारेको डिजिटल कर्णाली प्रदेशको अभियानमा संघीय सरकारको पूर्ण सहयोग रहने उनले बताए ।
सोमबार नै मन्त्री गुरुङले रेडियो नेपालको कर्णाली प्रादेशिक प्रशारण केन्द्रबाट खस भाषाको समाचार बुलेटिनको पनि शुभारम्भ भएको घोषणा गरे ।
खस भाषाको समाचार शुभारम्भ कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ६ महिना अघि प्रदेश सरकारले खस भाषामा समाचार प्रशारणका लागि गरेको निर्णयको कार्यान्वयन भएको भन्दै खुशी ब्यक्त गरे । सबै भाषाभाषीहरुको संरक्षण र सम्बद्र्धनका लागि पनि सरकारी सञ्चार माध्यमहरुले स्थानीय भाषाको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाह, वीरेन्द्रनगर पालिकाका प्रमुख मोहनमाया ढकाललगायतले संघीयताको मर्म अनुसार स्थानीय सामाग्रीलाई सरकारी सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।