मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा
२०८२ वैशाख १६ मंगलवार
- मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन् ।
काठमाडौं : सुदुरपश्चीम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह भारत भ्रमणमा गएका छन् ।
मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका हुन । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन् ।
मन्त्री शाहले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्ने जानकारी दिएका छन् । भ्रमणले प्रदेश सरकार बीचमा राम्रो सम्बन्ध निर्माण हुने वातावरण बन्ने र दिनसक्ने र लिनसक्ने कुरामा पनि सहजता हुने उनको विश्वास छ ।
उनले भने, ‘भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्ने छौं हामी भौगोलिक रुपमा पनि जोडिएका छौं । हामीले विभिन्न चरणमा विभिन्न तरिकाले हाम्रो पर्यटनको विकास, कृषिको विकास र पूर्वाधारका विकासमा पनि भारत सरकारको सहयोग आएकै छ । थप सहयोगको पनि हामीले अपेक्षा गर्ने नै भयौं । मलाई लाग्छ यो भ्रमणले प्रदेश सरकार बीचमा पनि राम्रो सम्बन्ध निर्माण हुने वातावरण हुन्छ । त्यसैले हामीले दिनसक्ने र लिनसक्ने कुरामा पनि सहजता हुन्छ ।’
त्यस्तै, उनले राममन्दिरको पनि दर्शन गर्ने जानकारी गराए । उनका अनुसार भ्रमणमा कुनै औपचारी सम्झौताहरु भने हुने छैन् ।
भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्यसचिव डा.कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा.जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।